ह्वाइटहाउसका चिफ अफ स्टाफ फेरिँदै 

बीबीसी

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइटहाउसका ‘चिफ अफ स्टाफ’ जोन केलीले यस वर्षको अन्त्यसम्ममा जागिर छोड्ने बताएका छन् । केली केही दिनदेखि आफ्नो पद छोड्न लगातार दबाबमा पर्दै आएका खबरहरू आएका थिए । 

अमेरिकी सेनाका अवकाशप्राप्त जर्नेल केली र ट्रम्पीच पछिल्लो समय सम्बन्ध बिग्रिएको जनाइएको थियो । तर ट्रम्पले केली ‘महान् व्यक्ति’ भएको प्रतिक्रिया दिएका छन् ।


ट्रम्पले उनको सट्टामा कसलाई नियुक्त गर्नेछन् भन्नेबारे दुई दिनमा घोषणा गर्ने बताए । समाचार संस्था एपीले उनको स्थानमा उपराष्ट्रपति माइक पेन्सका ‘चिफ अफ स्टाफ’ निक आयर्सलाई नियुक्त गरिने सम्भावना रहेको जनाएको छ । उनले ट्रम्पको बाँकी कार्यकालसम्म सेवा गर्ने एपीले जनाएको छ ।


ट्रम्पले यसअघि सन् २०१७ को जुलाई अन्त्यमा राइन्स प्रिबसलाई चिफ अफ स्टाफबाट हटाएर केलीलाई उनको ठाउँमा नियुक्त गरेका थिए । ट्रम्पले केलीले दुइटा पदमा गरी झन्डै २ वर्षसम्म आफूलाई सहयोग गरेको भन्दै प्रशंसा गरेका छन् ।


सैनिक प्रशासनमा सूचान चुहिएको दाबी गरिएको समयमा केली नियन्त्रण गर्ने वाचा गर्दै नियुक्त भएका थिए । उनले आफ्नो उद्देश्यमा सफल भएको दाबी गरे पनि सूचना चुहिने क्रम पूर्ण रूपमा नहटेको बताइएको थियो ।


ट्रम्पले अमेरिकी राष्ट्रपतिको जिम्मेवारी ग्रहण गरेयता हवाइटहाउसबाट २८ जना कर्मचारी बाहिरिएका छन् । तीमध्ये केहीले राजीनामा दिए पनि धेरैजसो बर्खास्त भएका हुन् ।

प्रकाशित : मंसिर २३, २०७५ २०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?