कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

यमन सरकार-विद्रोही वार्ता 

हजारौं बन्दीको तथ्यांक सार्वजनिक
एएफपी

स्विडेन — संयुक्त राष्ट्रसंघको पहलमा यमन सरकार र विद्रोहीबीच स्विडेनमा भइरहेको वार्ताका क्रममा करिब १५ हजार कैदीको नाम सार्वजनिक गरिएको छ । 

वार्ता सुरु भएको ठीक एक साता पुग्दा उनीहरूबीच कतिपय विषयमा सहमतिको सम्भावना देखिएको जनाइएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार केही विषयमा भने दुवै पक्षले आआफ्ना अडान राखेका छन् ।


यमन सरकार र उत्तरी क्षेत्रमा पकड कायम रहेको हुथी विद्रोहीबीच सन् २०१५ देखि सुरु भएको द्वन्द्वका कारण करिब १० हजारले ज्यान गुमाइसकेको राष्ट्रसंघले जनाएको छ ।


तर यमनबारे चासो राख्दै आएका विभिन्न अधिकारवादी समूहहरूले द्वन्द्वका क्रममा मारिनेको संख्या ५० हजारभन्दा बढी रहेको बताउने गर्छन् । द्वन्द्वका कारण करिब २ लाख सर्वसाधारण भोकमरीको चपेटामा छन् ।

हुथी विद्रोहीले वार्तामा दुबै पक्षबाट द्वन्द्वका कारण पीडित १५ हजार बन्दीको नाम सार्वजनिक गरेको छ । त्यसैगरी सरकारी प्रतिनिधिमण्डलले आफ्नो तर्फबाट कैद गरिएका ८ हजारको नाम सार्वजनिक गरेको बताइएको छ । यद्यपि दुवै पक्षले सार्वजनिक गरेका नाम कति दोहोरिएका छन् भन्ने एकिन नभइसकेको जनाइएको छ ।


दुवै पक्षका नाम दोहोर्‍याएर हेर्न अझै दुई साता लाग्ने बताइएको छ । स्विडेनमा भएको वार्ता यमन सरकार र विद्रोहीबीचको पहिलो वार्ता हो ।

प्रकाशित : मंसिर २५, २०७५ २०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?