२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

म्याक्रोंको सम्बोधन : ज्याला वृद्धिको घोषणा

एएफपी

पेरिस — फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्राेंले मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै ज्याला वृद्धि तथा कर छुट गर्ने घोषणा गरेका छन् । 

म्याक्रोंको सम्बोधन : ज्याला वृद्धिको घोषणा

फ्रान्समा नोभेम्बर १७ देखि हरेक साताको अन्त्यमा इन्धन कर वृद्धि तथा अन्य मुद्दाको विरोधमा गरिएको आन्दोलनमा म्याक्रोंको राजीनामा मागेपछि उनी सम्बोधन गर्न बाध्य भएका हुन् ।


उनको घोषणाले हाल देशमा ‘पहेंला टिसर्टधारी’ हरूको आन्दोलनका क्रममा राखिएका माग सम्बोधन हुने भन्दै संसद्लाई विश्वस्त पार्ने प्रयास गर्ने जनाइएको छ । मंगलबार बस्ने यहाँको संसदको बैठकलाई फ्रान्सेली सरकारले यस विषयमा आश्वस्त पार्ने प्रयास गर्ने समाचारमा जनाइएको छ ।


म्याक्रोंले राष्ट्रिय टेलिभिजनमार्फत गरेका सम्बोधनमा सन् २०१९ देखि तलबमा मासिक एक सय युरो बढाउने लगायतका घोषणा गरेका हुन् । कम आय भएका र पेन्सन रकममा लगाइएको करसमेत उनले खारेज गरिएको घोषणा गरे । उनले अतिरिक्त समय (ओभर टाइम) को आम्दानीमा पनि कर नलाग्ने बताउनुका साथै रोजगारदातालाई वर्षको अन्तिममा कर छुट र एकमुष्ट बोनस दिने गरी प्रोत्साहित गरिने घोषणा गरे ।


इन्धनको करमा गरिएको वृद्धिको विरोधमा टयाक्सी चालकले सुरु गरेको आन्दोलनमा सर्वसाधारण सहभागी भएपछि सरकारमाथि निकै दबाब परेको हो । आन्दोलनका कारण राष्ट्रपति म्याक्रोंको लोकप्रियता २३ प्रतिशतभन्दा ताल झरेको सर्वेक्षणहरूले देखाएका छन् ।


फ्रान्समा एक वर्षयता डिजेलको मूल्यमा करिब २५ प्रतिशतले वृद्धि भएको छ । हालको मूल्य सन् २००० यताकै बढी हो । बीबीसीका अनुसार सरकारले आगामी जनवरीदेखि डिजेलमा ६.५ र पेट्रोलमा २.९ सेन्ट मूल्य बढाउने निर्णय गरेपछि विरोध प्रदर्शन चर्केको हो ।

प्रकाशित : मंसिर २६, २०७५ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?