१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

फ्रान्समा आतंककारी आक्रमण, ३ को मृत्यु 

एएफपी

पेरिस — फ्रान्सको स्ट्रासवर्ग सहरको क्रिसमस बजारमा मंगलबार आतंककारी आक्रमण हुँदा ३ जनाको मृत्यु हुनाको साथै १२ भन्दा बढी घाइते भएका छन् । 

स्थानीय समयअनुसार राति ८ बजे एक बन्दुकधारीले बजारमा सामान खरिद गरिरहेका ग्राहकलाई लक्षित गर्दै गोली चलाएका थिए । आक्रमणमा घाइते भएकामध्ये चार जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।


बन्दुकधारीको परिचय खुलेको र उनी पहिलेदेखि उच्च निगरानीमा रहेका चरमपन्थी समूहका व्यक्ति भएको सुरक्षा निकायले जनाएको छ । सैनिक र सशस्त्र बलमाथि गोली प्रहार गर्दै भाग्न सफल भएका ती व्यक्ति पनि घाइते भएको अनुमान गरिएको छ ।


फ्रान्सका गृहमन्त्री क्रिस्टोफ कास्टनरले देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको र घटनाको अनुसन्धान भइरहेको बताएका छन् । घटनास्थल नजिकै रहेको युरोपेली संसद् बन्द गरिएको छ ।


फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंले मन्त्रिपरिषद्को आपत्कालीन बैठकपछि ट्वीट गर्दै स्ट्रासवर्गवासी र पीडितप्रति ऐक्यबद्धता प्रकट गरेका छन् ।

प्रकाशित : मंसिर २७, २०७५ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?