गुगलमा 'इडियट' शब्द खोज्दा किन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फोटो आउँछ ?

काठमाडौँ — अमेरिकामा गुगल ट्रेन्डिङमा बुधवार 'इडियट' शब्द एकाएक ट्रेन्डिङमा पर्‍यो । गुगलका सीईओ सुन्दर पिचाईको संसदीय सुनुवाइ पछि यो शब्द अमेरिकामा १० लाख पटक खोजियो ।

गुगलमा 'इडियट' शब्द खोज्दा किन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फोटो आउँछ ?

संसदीय सुनुवाइका क्रममा एक जना महिला सांसदले पिचाईलाई गुगलमा 'इडियट' शब्द खोज्दा किन हाम्रो राष्ट्रपतिको तस्बिर आउँछ भनेर प्रश्न गरेकी थिइन् । गुगलमा 'इडियट' शब्द खोज्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फोटो आउँछ ।


सांसद जोई लोफ्ग्रेनले पिचाईलाई उक्त प्रश्न सोधेकी थिइन् । 'त्यो कसरी हुन्छ ? गुगल सर्चले कसरी काम गर्छ अनि त्यो कसरी भयो ' उनले प्रश्न गरिन् । उनले कतै राजनीतिक पूर्वाग्रह राखेर गुगलले यस्तो गरेको त होइनसमेत भनिन् ।


जवाफमा पिचाईले गुगल सर्चले धेरै शब्दहरू मध्येबाट २०० तत्त्वको चर्चाका आधारमा परिणाम देखाउने बताए ।

प्रकाशित : मंसिर २७, २०७५ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?