अमेरिकी थुनामा सात वर्षीया बालिकाको मृत्यु

रासस/एएफपी

वासिङ्टन — संयुक्तराज्य अमेरिकाको थुनामा ग्वाटेमालाकी एक सात वर्षीया बालिकाको मृत्यु भएको स्रोतलाई उद्धृत गर्दै अमेरिकी अखबार दी वासिङ्टन पोस्टले जनाएको छ । न्यू मेक्सिको राज्यमा अमेरिकी सीमा प्रहरीले पक्राउ गरेकी ती बालिकाको प्रहरी थुनामै मृत्यु भएको हो ।

मेक्सिकोबाट बाबु र अरु दर्जनौं व्यक्तिसँगै गैरकानुनी रुपमा अमेरिका प्रवेश गरेकी ती बालिकाको शरीरमा पानीको मात्रा कम हुने समस्याबाट मृत्यु भएको अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकायले जनाएको छ ।


उक्त निकायले ती बालिकाले धेरै दिनदेखि केही नखाएको र पानी समेत नपिएको बताएको छ । पक्राउ परेलगत्तै त्रसित मुद्रामा देखिएकी ती बालिकामा एकाएक काँप्ने समस्या देखिएको, र उपचारका लागि स्थानीय अस्पतालमा पुर्‍याएलगत्तै मृत्यु भएको सीमा सुरक्षा निकायले जनाएको छ ।


राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोबाट अमेरिका प्रवेश गर्न खोज्ने व्यक्तिलाई अवैध आप्रवासीको संज्ञा दिँदै उनीहरुलाई अमेरिका प्रवेश गरेमा पक्राउ गरी फर्काइदिने चेतावनी दिएका छन् । उनले हजारौं अमेरिकी सुरक्षा फौजलाई मेक्सिकोसँगको सीमामा तैनाथ गरेका छन् ।


प्रकाशित : मंसिर २८, २०७५ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?