कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

प्रसाद खाँदा भारतमा ११ को मृत्यु, ९३ बिरामी

रासस/एएफपी

नयाँदिल्ली — भारतको कर्नाटक राज्यमा अवस्थित एक मन्दिरमा बाँडिएको प्रसाद खाएपछि एघार व्यक्तिको मृत्यु भएको छ । मन्दिरमा वितरण गरिएको प्रसाद विषाक्त भएकाले त्यो खानेहरूको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले शनिबार जानकारी दिएका छन् । 

प्रसाद खाँदा भारतमा ११ को मृत्यु, ९३ बिरामी

प्रसाद खाएकामध्ये कूल ९३ जना बिरामी परेकामा २९ जनाको अवस्था गम्भीर रहेको उनीहरूले बताएका छन् । बिरामी भएकाहरूलाई कर्नाटक राज्यको माइसोरमा रहेका विभिन्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । विषाक्त खानाका कारण एघारको मृत्यु हुनाका साथै ९३ जनालाई घाइते भएका छन् । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको र तीमध्ये २९ जनाको अवस्था गम्भीर रहेको एक सरकारी अधिकारीले दिएका छन् ।


घटनास्थलनजिकै रहेको स्वास्थ्य कार्यालयका अधिकृत के. एच. प्रसादले मन्दिरमा वितरण गरिएको प्रसादमा विषाक्त पदार्थ मिसिएको हुन सक्ने बताए । उनले सो विषाक्त खानाको परीक्षणका लागि प्रयोगशालामा लगिएको पनि जानकारी दिनुभयो । परीक्षण र अनुसन्धानपछि मात्रै सो खाना कसरी विषाक्त भयो भन्ने यकिन हुने उनको भनाइ छ ।


बिरामीहरूलाई बान्ता हुने, पखाला लाग्ने, श्वासप्रश्वासमा समस्या हुनेलगायत लक्षणहरू देखिएको स्वास्थ्यकर्मीहरूले बताएका छन् । सुलावाडी गाउँको किच्चुकुट्टी मारम्मा मन्दिरमा शुक्रबार उक्त घटना भएको हो । एउटा विशेष धार्मिक कार्यक्रम भइरहेको सो मन्दिरमा आएकाहरूलाई प्रसाद वितरण गरिएको थियो । विषाक्त खाना खाएर कागहरू पनि मरेको बताइएको छ । घटनाका बारेमा अनुसन्धान गर्न प्रहरीले दुई जनालाई पक्राउ गरिएको जनाएको छ ।

प्रकाशित : मंसिर २९, २०७५ १५:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?