कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतद्वारा अग्नी-चौथो क्षेप्यास्त्रको सफल परीक्षण 

सिन्ह्वा

नयाँदिल्ली — भारतले सफलतापूर्वक नयाँ परमाणु क्षेप्यास्त्र परीक्षण गरेको जनाएको छ । अग्नी–चार नाम दिइएको सो क्षेत्रप्यास्त्र चार हजार किलोमिटर टाढासम्म प्रहार गर्न सकिने क्षमताको रहेको आइतबार जानकारी दिइएको छ । 

भारतद्वारा अग्नी-चौथो क्षेप्यास्त्रको सफल परीक्षण 

क्षेप्यास्त्र परीक्षण भने २० मिटर टाढा र झण्डै १७ टन भारमा गरिएको अधिकारीहरुले बताएका छन् । अग्नी–चार क्षेप्यास्त्रको यो सातौ परिक्षण हो ।


आफ्नो उद्देश्यमा सफल हुने पुष्टि भएकाले यसको परीक्षण पूर्ण रुपमा सफल भएको जानकारी दिइएको छ ।


भारतीय सेनाले क्षेप्यास्त्रको परिक्षण गरेको हो । भारतमा यसअघि अग्नी—एक, अग्नी—दुई, अग्नी—तीन र पृथ्वी परीक्षण गरिसकिएको छ ।

प्रकाशित : पुस ९, २०७५ १६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?