२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

हेलिकप्टर दुर्घटनामा मेक्सिकोका गभर्नर, सिनेटर निधन

एएफपी

पुब्ला,मेक्सिको — मेक्सिकोमा सोमबार हेलिकप्टर दुर्घटना हुँदा पुब्ला राज्यका गभर्नर र उनका श्रीमान्, एकजना सिनेटरको मृत्यु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

हेलिकप्टर दुर्घटनामा मेक्सिकोका गभर्नर, सिनेटर निधन

उक्त दुर्घटनामा सिनेटर राफेल मोरेनो भाल्ले एवं उनकी पत्नी र गभर्नर मार्था एरिका अलोन्सोको मृत्यु भएको हो ।


मेक्सिकोका राष्ट्रपति मानुएल लोपेज ओब्राडोरले ट्वीट गर्दै गहिरो समवेदना व्यक्त गरेका छन् । उनले दुर्घटनाको अनुसन्धान सुरु भइसकेको जानकारी दिए ।


साथै, दुर्घटनामा हेलिकप्टरका दुई चालक र एकजना सहयोगीको समेत मृत्यु भएको छ । पुब्लाको सान्ता मारिया कोरोनान्गो क्षेत्रबाट उडेको १० मिनेटभित्रै दुर्घटनाग्रस्त भएको थियो ।

गभर्नर अलोन्सोले गत डिसेम्बर १० मा मात्र पदभार ग्रहण गरेका थिए । उनी पुब्लाको पहिलो महिला गभर्नर थिइन् । उनका पति सन् २०११ देखि २०१७ सम्म पुब्लाको गभर्नर थिए ।

प्रकाशित : पुस ११, २०७५ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?