कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्रिसमसमा अर्ब सक्छन् बेलायती 

नवीन पोखरेल

लन्डन — इसाई धर्मावलम्बीहरूको महान् पर्व क्रिसमस बेलायतसहित विश्वका करिब १ सय ६० देशमा मनाइएको छ । यद्यपि युरोप, अमेरिकादेखि अस्ट्रेलियासम्म क्रिसमस मनाउने परम्परा फरकफरक छन् । 

क्रिसमसमा अर्ब सक्छन् बेलायती 

बेलायतमा क्रिस्चियन धर्म सुरु हुनुअगावै सबैभन्दा लामो रातको अँध्यारो खुसियालीसहित छिचोल्न डिसेम्बर २५ लाई विशेष पर्वका रूपमा मनाउने चलन थियो । इसाईहरूको धार्मिक तथा सांस्कृतिक पर्व क्रिसमसमा परिवारका सदस्यहरूका साथ मीठो खाएर मनाउने परम्परा छ ।

क्रिसमसको अवसरमा भेटेरै वा कार्डमार्फत शुभकामना आदानप्रदान गर्ने तथा उपहार दिने चलन छ । खानामा टर्की, क्रिसमस पुडिङ, मिन्स पाइज बढी लोकप्रिय मानिन्छन् ।


बेलायतमा क्रिसमसदेखि नयाँ वर्ष इभसम्म बेलायती युवाले ६ बिलियन युनिटस् अल्कोहल (अरू समयभन्दा दस गुणा बढी) पिउने गरेको एउटा अध्ययनले देखाएको छ । मदिरा उत्पादन गर्ने एउटा कम्पनी बुमर्‍याङले १८ वर्ष हाराहारीका २ हजार ३ सय ११ युवालाई कति मदिरा पिउँछन् भन्नेबारे सर्वेक्षण गरेको थियो । सर्वेक्षणमा ७१ प्रतिशतले मदिरा पिउने गरेको बताएका थिए ।

एक तथ्यांकअनुसार, बेलायतीले यस वर्ष क्रिसमसका दिन एक बिलियन पाउन्ड (एक खर्ब ४० करोड रुपैयाँ) सम्म खर्च गर्ने अनुमान छ ।


द टेलिग्राफ अखबारले सेन्टर फर रिटेल रिसर्चसँग मागेको तथ्यांकमा करिब ७० प्रतिशत कारोबार स्मार्टफोनबाटै हुने अपेक्षा गरिएको छ । क्रिसमसको दिन २५ डिसेम्बरमा रेल, बसलगायत कुनै पनि सार्वजनिक सवारीसाधन चल्दैनन् । क्रिसमस रमझम भइरहँदा बेलायतमा करिब ४० लाख मानिसलाई भने काम गर्नुपर्ने बाध्यता छ । अति आवश्यक सेवाजस्तै अस्पताल, फायर ब्रिगेड, एम्बुलेन्स, सुरक्षा निकाय आदिबाहेक अधिकांश व्यापारिक प्रतिष्ठान तथा कार्यालय बन्द भए ।


क्रिसमस उत्साह लागेसँगै यो वर्ष स्टक मार्केटमा भने निक्कै गिरावट आएको छ । परम्परागत रूपमा डिसेम्बर महिनामा हुने स्टक मार्केटको उत्साहलाई सान्टा र्‍याली भनेर परिचित हुुँदै आएकोमा यस वर्ष यसको कुनै लक्षण देखिएन ।


अमेरिकी स्टक मार्केट डावो जोनको गिरावट सन् १९३१ देखिको सबैभन्दा कम भएको छ ।


चीनसँगको बढ्दो व्यापार तनाव, व्यावसायिक अस्थिरता र अमेरिकी स्टक मार्केट उच्चतम बिन्दुमा पुगिसकेको हुनाले पनि यस्तो गिरावट आएको बताउँछन् अर्थव्यवस्थापन जानकार विकलचन्द्र आचार्य । ब्रेक्जिट अनिश्चितता, आर्थिक क्रियाकलापमा कमी, खुद्रा व्यापारमा संकट आदि कारणले गर्दा लगानीकर्ताहरूमा सन्त्रास देखिएको छ ।


बेलायतको राजनीतिक अस्थिरता आँकलन गर्दै बैंक अफ इंग्ल्यान्डले ब्रेक्जिट वार्ता बिनासहमति टुंगिए बेलायतको अर्थतन्त्रको कुल गार्हस्थ उत्पादनमा करिब १० प्रतिशतको गिरावट आउने चेतावनी दिएको छ, जुन २००८ को विश्व आर्थिक मन्दीले बेलायतमा पारेको प्रभावभन्दा बढी हुनेछ ।


यसका साथै बैंक अफ इंग्ल्यान्डले घरको मूल्य ३० प्रतिशतसम्म गिरावट आउने भविष्यवाणी गरेको छ । यी कारण पाउन्डको भाउमा पनि उतारचढाव जारी छ । परम्परातगत रूपमा डिसेम्बरमा हुने उत्साहलाई कम गर्दै सोमबार करिब ६ हजार ७ सूचकांकमा झर्न पुगेको छ । ३० वर्ष तथ्यांकमा यो क्रिसमसको अवसरमा सबैभन्दा न्यून वृद्धि हो ।


प्रकाशित : पुस ११, २०७५ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?