कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

बेलायतमा घरविहीन बढे

नवीन पोखरेल

लन्डन — सुन्दा अचम्म लाग्छ तर संसारमै विकसित देशमध्येको बेलायतमा घरबारविहीनको संख्या बढिरहेको छ। बेलायतको राष्ट्रिय तथ्यांक कार्यालय ‘अफिस फर नेसनल स्ट्याटिसटिक्स’– ले पहिलो पटक सार्वजनिक गरेको एक तथ्यांकमा घरबारविहीनको संख्या बढिरहेको पाइएको हो। 

बेलायतमा घरविहीन बढे

केही दिनअघि सार्वजनिक तथ्यांकअनुसार गतवर्ष सन् २०१७ मा कम्तीमा ५ सय ९७ घरबारविहीन नागरिकको सडक वा अस्थायी बसोबास स्थलमै मृत्यु भयोरु। उक्त मृत्युदर ५ वर्ष अवधिमा २४ प्रतिशतले बढी होरु। सन् २०१३ मा ४ सय ८२ घरबारविहीनको मृत्यु भएको थियोरु। ५ वर्ष अवधिमा करिब २ हजार ६ सय २७ ले ज्यान गुमाएका छन्।

बेलायतको लन्डन र उत्तर–पश्चिम क्षेत्रमा घरबारविहीनको मृत्युदर बढी पाइएको छ। म्यानचेस्टर, लिभरपुल सहरमा ५ वर्षयता मृत्यु हुने घरबारविहीनको संख्या दोब्बर बढी छ। सन् २०१३ मा त्यहा“ ५५ ले ज्यान गुमाएकामा सन् २०१७ मा यो संख्या ११९ थियो।

सन् २०१७ मा आधाभन्दा बढी मृत्यु लागूऔषध वा मदिरा सेवन, आत्महत्या र कलेजोमा खराबीका कारण भएको तथ्यांक छ। गत बुधबार बेलायतको संसद् भवनअगाडि नै एक घबारविहीनको मृत्यु भयोरु। संसद् भवन सामुन्ने मर्ने ती घरबारविहीन यसै वर्ष दोस्रा थिए।

यसअघि सामुदायिक मामिला हेर्ने मन्त्री जेम्स ब्रोकनसायरले सडकछेउ सुत्ने मानिसको संख्या बढ्नुमा सरकारी नीति जिम्मेवार नरहेको बीबीसीसँग बताएका थिए ।

उनले पारिवारिक विखण्डन र स्पाइसजस्ता लागूऔषधको प्रयोगले यस्तो समस्या बढाएको र यसरी सुत्नेहरूमा ब्रिटेन बाहिरबाट आएका मानिसको संख्या पनि बढी भएको बताए । सरकारी तथ्यांकअनुसार सन् २०१० यता सडकछेउमै सुत्नै मानिसको संख्यामा १६९ प्रतिशतले बढेको देखाएको छ, तर वास्तविक संख्या त्योभन्दा पनि बढी भएको ठानिन्छ।

अफिस अफ नेसनल स्ट्याटिस्टिक्सको स्वास्थ्य तथा जीवन परिघटना इकाई प्रमुख बेन हम्बरस्टानले भने, ‘हरेक वर्ष सैयौं घरबारविहीन मानिसको ज्यान गइरहेको छ। हाम्रो अध्ययनले मृत्यु हुने घरबारविहीनको औसत आयु ४४ वर्ष र तीमध्ये ८४ प्रतिशत पुरुष रहेको देखाएको छ।

यसरी ज्यान गुमाउनेमध्ये आधाजसोको आत्महत्या, अत्यधिक रक्सी सेवन वा लागूऔषधका कारण भएको पाइएको छ।’ बेलायती राजनीतिमा समेत संलग्न डार्टफोर्ड काउन्सिलर बच्चुकैलाश कैनी हरेक स्थानीय निकायमा घरबारविहीनहरूको व्यवस्थापन गर्न निर्देशिका हुने र सोही निर्देशिकाबमोजिम सबै व्यवस्था काउन्सिलले गर्नुपर्ने बताउँछन्। ‘बेलायतमा घरबारविहीनको संख्या घटाउन यसै वर्षको अप्रिलदेखि ‘होमलेसनेस रिडक्सन एक्ट २०१८’ लागू भएको छ।

घरबारविहीनहरूका लागि बेलायतमा काउन्सिल वा स्थानीय निकायले अस्थायी बसोबास र दीर्घकालीन बसाबासको व्यवस्थापन गर्नुपर्ने हुन्छ,’ कैनी भन्छन्, ‘हरेक काउन्सिलमा त्यस्ता व्यक्तिबारे तथ्यांक संकलन गरेर राखिएको हुन्छ।’ त्यस्ता व्यक्तिलाई कुनै सहयोग जरुरत परे हटलाइन टेलिफोन नम्बर सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको हुन्छ।

बेलायतमा स्थानीय निकायले गैरसरकारी निकायहरूसँग सहकार्य गरेर घरबारविहीनका लागि विभिन्न किसिमको सहयोग गर्ने व्यवस्था मिलाएको हुन्छ। विशेष गरी जाडोको बेला घरबारविहीनलाई खाने, बस्ने व्यवस्था गर्न र आपत्कालीन रूपमा बसोबास व्यवस्थापन गर्न स्थानीय निकायले थप रकम वा बजेट छुट्याउने कैनीले बताए।

प्रकाशित : पुस १४, २०७५ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?