फिलिपिन्समा आँधी : कम्तीमा ६० को मृत्यु

बीबीसी

मनिला — फिलिपिन्समा सोमबार आएको आँधी र त्यसपछिका पहिरोका कारण कम्तीमा ६० जनाको ज्यान गएको छ । अधिकारीहरुले आँधी अनेपेक्षित शक्तिशाली भएको भन्दै आश्चर्य व्यक्त गरेका छन् । 

फिलिपिन्समा आँधी : कम्तीमा ६० को मृत्यु

उस्मन नामक आँधीका कारण राजधानी मनिलाको दक्षिणपुर्वी विकोल क्षेत्र नराम्ररी प्रभावित भएको छ । अधिकारीहरुले कम्तीमा १७ जना हराईहरको बताएका छन् ।


एक अधिकारीले सरकारले चेतावनी जारी नगरेका कारण मानिसहरुको हताहती धैरै भएको बताए । ‘आँधीको चेतावनी नदिएकाले बिदा मनाउने क्रममा रहेका मानिसहरु बढी विस्वस्त भएका हुनसक्छन्,’ विकोल नागरिक प्रतिरक्षा निर्देशक क्लाउडियो युकोटले भने ।


आँधीका कारण कयौं भैतिक संरचनामा क्षति पुगेको जनाइएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले कम्तीमा ४० हजार मानिसहरु आँधी तथा पहिरोका कारण विस्थापित भएको जनाएका छन् ।


फिलिपिन्समा सन् २०१३ मा आएको आँधीका कारण कम्तीमा ७ हजार मानिसहरुको ज्यान गएको थियो । आधीले करिब १० लाख प्रभावित भएका थिए ।

प्रकाशित : पुस १६, २०७५ २०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?