२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

नयाँ वर्षको पहिलो दिन उत्तर कोरियाको चेतावनी

बीबीसी

काठमाडौँ — नयाँ वर्ष २०१९ को पहिलो दिन उत्तर कोरियाले चेनावनी दिएको छ । उत्तर कोरियाली नेता किम ज‌ंग उनले नयाँ वर्षको सम्बोधनका क्रममा अमेरिकाले आफ्नो मुलुकलाई नाकाबन्दी गरिरहे बाटो परिवर्तन हुन सक्ने चेतावनी दिएका छन् ।

नयाँ वर्षको पहिलो दिन उत्तर कोरियाको चेतावनी

किमका हजुरबुवा किम इल सङको परम्परा कायम राख्दै उनले नयाँ वर्षका दिन महत्वपूर्ण घोषणा गर्ने क्रममा उक्त कुरा बताएका हुन् ।


किमले मंगलबार बिहान राज्य नियन्त्रित टेलिभिजनमा सम्बोधन गर्दै भनेका छन्, 'यदि अमेरिका विश्वसामू आफ्ना प्रतिबद्धता कायम राख्न सक्दैन र हामीलाई नाकाबन्दी र दबाब दिइराख्छ भने हामी हाम्रो सार्वभौमसत्ता र राष्ट्रिय स्वार्थको खातिर हामीले नयाँ बाटो लिनुको विकल्प छैन । '


गत वर्ष किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको भेटवार्तामा परमाणु कार्यक्रम स्थगन गर्ने कुरामा हस्ताक्षार भएको थिए । किमले दक्षिण कोरियाली राष्ट्रपतिसँग कोरियाली प्रायद्विपममा परमाणु अस्त्र निश्शत्रीकरणको सहमति समेत गरेका थिए ।


उत्तर कोरियाले आफ्नो मुलुकले अणविक हतियार उत्पादन, प्रयोग र ओसारपोसारमा प्रतिबन्ध लगाएको छ । यसका लागि उत्तर कोरियाले ठोस कदमहरू कार्यान्वयन गरेको जनाएको छ । किमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग जुनसुकै बेला आफू भेट्न तयार रहेको समेत बताएका छन् ।


उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रमहरु रोकेको जनाएपनि अमेरिकालाई पूर्ण रुपमा निशस्त्रीकरणतर्फ लागेकोप्रति विश्वास नभएको बीबीसले जनाएको छ ।


उत्तर कोरियाले पारमाणविक परीक्षण केन्द्रहरू बन्द गरेपनि उसले आफ्नो हतियार कार्यक्रमलाई भने जारी राखेको अमेरिकाको आरोप छ ।

प्रकाशित : पुस १७, २०७५ १४:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?