कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

जापान सम्राटको भावपूर्ण अन्तिम सम्बोधन

एएफपी

टोकियो — जापानका सम्राट अकिहितोले पदत्याग गर्नु अगाडी आफ्ना शुभचिन्तक समक्ष भावपूर्ण अन्तिम सम्बोधन गरेका छन् । उनले आफ्ना हजारौँ शुभचिन्तकसामू शान्ति कायम गर्नु भनेका छन् ।  

जापान सम्राटको भावपूर्ण अन्तिम सम्बोधन

बुधवार बिहान सम्राटको नयाँ वर्ष स्वागत सम्बोधन कार्यक्रममा ७२ हजार भन्दा बढी उनका शुभचिन्तक राजकीय भवन अगाडी भेला भएका राजदरबार कार्यालयले जानकारी दिएको छ ।


८५ वर्षीय सम्राटले अन्तिम पटक दिएको परम्परागत नयाँ वर्षको स्वागत कार्यक्रमलाई अवलोकन गर्नको लागि धेरैको उपस्थिति थियो ।

जापानको राजतन्त्रमा यस प्रकार पदत्याग गर्ने सम्राट अकिहितो करिब दुई शताब्दीयता नै पहिलो व्यक्ति हुनेछन् । उनले ३० वर्षको शासनपछि आगामी अप्रिल ३० मा आफ्नो राजगद्दी छोड्दै छन् ।


‘तपाइहरूसँग खुल्ला आकाशमुनि नयाँ वर्ष मनाउन पाउँदा म अत्यन्त खुसी छु’ जापानी झन्डा हल्लाउँदै सम्राटको लामो जीवनको कामना गरिरहेका हजारौँ व्यक्तिसामू अकिहितोले भने ।

प्रकाशित : पुस १८, २०७५ २१:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?