१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सरकारी कार्यालय वर्षौँंसम्म ठप्प पार्ने ट्रम्पको चेतावनी

बीबीसी

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वर्षौसम्म सरकारी कार्यालयहरुलाई ठप्प पार्न सक्ने चेतावनी दिएका छन् । 

सरकारी कार्यालय वर्षौँंसम्म ठप्प पार्ने ट्रम्पको चेतावनी

मेक्सिकोको सीमानामा पर्खाल बनाउनका लागि कंग्रेसले बजेट उपलब्ध नगराएपछि रुष्ट बनेका ट्रम्पले बजेट सम्बन्धिको विधेयकमा हस्ताक्षार नगर्दा संघीय सरकार खर्चविहीन बनेको छ । जसका कारण करिब ८ लाख कर्मचारीले गत डिसेम्बर २२ देखि तलब पाएका छैनन् ।


शुक्रबार डेमोक्रेटिक पार्टीका शीर्ष नेताहरुसँग ट्रम्पले विवाद समाधानका लागि छलफल समेत गरेका थिए । छलफल निकै सकारात्मक भएको पनि बताए । तर एकाएक पत्रकार सम्मेलनमा ट्रम्पले सरकारी कामकाज लामो समयसम्म बन्द गराउन आफू तयार रहेको चेतावनी दिए ।

ट्रम्पले कंग्रेसलाई बाइपास गरी राष्ट्रिय संकटको घोषणा गरेर भएपनि मेक्सिकको सिमाना पर्खाल बनाउने सकिने दोस्रो विकल्प भने बाँकी नै रेहको बताएका छन् । हाउस अफ रेप्रिजेन्टेटिभ्समा डेमोक्र्याटको बहुमत छ ।

ट्रम्पले आफ्नो चुनावी घोषणा कार्यान्वयनका लागि सीमाक्षेत्रमा पर्खाल निर्माणका लागि तत्काल ५ अर्ब ७० लाख डलर छुट्याउनुपर्ने बताउँदै आएका छन् । तर विपक्षी दलले उनको योजनाको कडा आलोचना गर्दै आएका छन् ।


यो पनि पढ्नुहोस्ः

अमेरिकी तल्लो सदनद्वारा बजेट पारित

प्रकाशित : पुस २१, २०७५ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?