कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

थाइल्यान्डमा बाढीले ३० हजार प्रभावित 

एएफपी

बैंकक — थाइल्यान्डका तटीय क्षेत्रमा आएको आँधीपछिको बाढीका कारण  करिब ३० हजार प्रभावित भएका छन् । अधिकारीहरुले उक्त क्षेत्रमा विद्युत् कटौतीपछि दक्षिणी भेगका शिविरमा बसिरहेका शरणार्थीलाई अन्यत्र सारिएको जनाएका छन् । 

थाइल्यान्डमा बाढीले ३० हजार प्रभावित 

थाइल्यान्डको दक्षिणी क्षेत्रमा शुक्रबारको भीषण आँधीपछिको बाढीले जनजीवन प्रभावित भएको छ । कपितय स्थानमा विद्युत् कटौती हुनुका साथै सडक तथा भौतिक संरचनामा क्षति पुगेको अधिकारीहरुले जनाएका छन् । यद्यपि आँधीबाट पर्यटकहरु भने सुरक्षित रहेका जनाइएको छ । प्रतिघण्टा ७५ किलोमिटरको गतिको आँधीका कारण दक्षिणी पत्तानी प्रान्तमा एक ३५ वर्षीय माझीको मृत्यु भएको छ । एक बेपत्ता छन् ।


आँधी तथा बाढीका काराण कोह सामुइ, कोह फान्गान र कोह ताओमालगायतका प्रमुख पर्यटकीय केन्द्र प्रभावित भएको अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित : पुस २१, २०७५ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?