चीन भ्रमणबाट स्वदेश फर्किए किम 

एएफपी

बेइजिङ — उत्तर कोरियाली नेता किम जोङ उन चढेको रेल बुधबार चीनको राजधानी बेइजिङबाट स्वदेश फर्किएको छ । 

उत्तर कोरियाको प्रमुख मित्रको रुपमा रहेको चीनको भ्रमण र चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको यो भेटलाई किमको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुन गइरहेको अपेक्षित दोस्रो शिखर सम्मेलनको तयारीको रुपमा लिइएको छ ।

उत्तर कोरियाली नेता किम मंगलबार चीनको भ्रमणमा पुगेका थिए । चीन प्योङयाङको एक प्रमुख कूटनीतिक साथीको रुपमा रहेको छ । किमको यो चौथो चीन भ्रमण हो । यस भ्रमणको प्रमुख उद्देश्य चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता रहेको थियो ।

नेता किम बेइजिङको केन्द्रीय रेलवे स्टेशनमा मंगलबार अपराह्नमा आइपुगेको थियो । एक दिनको बसाई पछि सो रेल उत्तरपूर्वी सीमा इलाकामा फर्किएको एएफपी सामाचार समितिका पत्रकारहरुले जानकारी दिएका छन् ।

किमले चिनियाँ राष्ट्रपति सीसँग एक घण्टा भेटवार्ता गरेका थिए । उत्तर कोरियाली नेता किमको मंगलबार नै जन्मदिन पनि परेको जनाइएको छ । यी दुवै नेता प्रथम महिला सहित बेइजिङ ग्रेट हल अफ द पिपुलमा गएका दक्षिण कोरियाली समाचार समिति योन्हापले जनाएको छ ।

किमका साथमा उत्तर कोरियाली प्रथम महिला री सोल जु सहित अरु उत्तर कोरियाली उच्चस्तरीय मण्डल रहेको उत्तर कोरियाली समाचार समिति केसीएनएले जनाएको छ ।

गत वर्षको जुन महिनामा उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच पहिलो ऐतिहासिक शिखर वार्ता भएको थियो । यसै साताको सुरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को भेट कहाँ गर्ने भनी चाँडै नै सार्वजनिक गर्ने बताएका थिए ।

यो पनि पढ्नुहोस्ः
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

सांसदको शपथ लिएका रेशम चौधरीको पारिश्रमिक, सेवा र सुविधा स्थगित हुने

कान्तिपुर संवाददाता

काठमाडौँ — कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा चुनिएका रेशमलाल चौधरीले कारागारमा बसुञ्जेल पारिश्रमिक, सेवा र सुविधा नपाउने भएका छन् ।

संविधानको धारा १०३ को उपधारा (६) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम कुनै सदस्य(सांसद) पक्राउ गरिएको सूचना प्राप्त भएमा सभामुखले त्यसको जानकारी सदनलाई तत्काल दिने प्रावधान अनुसार बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख कृष्णबहादुर महराले चौधरी शपथ पछि पुनः पक्राउ परेको जानकारी संसदलाई गराएका थिए। उनले भने, 'संविधानले दिएको अधिकार अनुसार चौधरीलाई शपथ ग्रहण गराइएको थियो। शपथपछि पक्राउ गरेर फेरि थुनामा राखिएको पत्र संसद सचिवालयमा गृहमन्त्रालयले पठाएको जानकारी गराउँछु।'

सभामुख महराले प्रतिनिधि सभा नियमावली, २०७५ को (३) अनुसार संविधानको धारा १०३ को उपधारा (६) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम कुनै सदस्यलाई फौजदारी अभियोगमा पक्राउ गरिएको जानकारी प्राप्त भएमा त्यस्तो सदस्यलाई प्रहरी हिरासतमा रहेको अवस्थामा वा प्रचलित कानून बमोजिम तीन वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पूर्पक्षको लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन र त्यस्तो अवधिभर निजको पारिश्रमिक, सेवा र सुविधा स्थगित हुने जानकारी गराए।

चौधरीदलाई गत पुस १९ गते सभामुखको कार्यकक्ष सिंहदरबारमा सांसदको शपथ खुवाइएको थियो। उनलाई डिल्लीबजार कारागारबाट सिंहदरबार ल्याएर शपथ ग्रहण गराइसकेपछि फेरि डिल्लीबजारमा नै लगेर थुनामा राखिएको छ।

०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थारू आन्दोलन उत्कर्षमा पुगेको बेला डेढ वर्षीय नाबालकसहित आठ जना सुरक्षाकर्मीको सामूहिक हत्या भएको थियो। उक्त आन्दोलनलाई चर्काउन चौधरीले मुख्य भूमिका खेलेको आरोप लागेको थियो।

उनले चुनाव जितिसकेपछि गत फागुन १४ गते सोमबार अदालतसामू आत्मसमर्पण गरेका थिए। न्यायाधीश परशुराम भट्टराईको इजलासले चौधरी कसुरदार छैनन् भन्न सकिने अवस्था नभएको भन्दै थुनामा पठाएका थिए।

चौधरी गत वर्ष भएको प्रतिनिधि सभाको चुनावमा कैलाली क्षेत्र नम्बर १ बाट ३४३४१ मत ल्याएर विजयी भएका थिए। उनको निकटतम प्रतिस्पर्धी तत्कालीन वाम गठबन्धबाट एमाले उम्मेदवार मदनकुमारी शाह (गरिमा)ले १३ हजार ४०६ मत मात्र ल्याएकी थिइन्। चौधरी र शाहबीचको मतअन्तर २० हजार ९ सय ३५ थियो।

प्रतिनिधिसभाको अर्काे बैठक यही पुस २९ गते दिउँसो १२ बजे बस्नेछ ।

प्रकाशित : पुस २५, २०७५ १५:१८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT