चीन भ्रमणबाट स्वदेश फर्किए किम 

एएफपी

बेइजिङ — उत्तर कोरियाली नेता किम जोङ उन चढेको रेल बुधबार चीनको राजधानी बेइजिङबाट स्वदेश फर्किएको छ । 

चीन भ्रमणबाट स्वदेश फर्किए किम 

उत्तर कोरियाको प्रमुख मित्रको रुपमा रहेको चीनको भ्रमण र चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको यो भेटलाई किमको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुन गइरहेको अपेक्षित दोस्रो शिखर सम्मेलनको तयारीको रुपमा लिइएको छ ।


उत्तर कोरियाली नेता किम मंगलबार चीनको भ्रमणमा पुगेका थिए । चीन प्योङयाङको एक प्रमुख कूटनीतिक साथीको रुपमा रहेको छ । किमको यो चौथो चीन भ्रमण हो । यस भ्रमणको प्रमुख उद्देश्य चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता रहेको थियो ।


नेता किम बेइजिङको केन्द्रीय रेलवे स्टेशनमा मंगलबार अपराह्नमा आइपुगेको थियो । एक दिनको बसाई पछि सो रेल उत्तरपूर्वी सीमा इलाकामा फर्किएको एएफपी सामाचार समितिका पत्रकारहरुले जानकारी दिएका छन् ।


किमले चिनियाँ राष्ट्रपति सीसँग एक घण्टा भेटवार्ता गरेका थिए । उत्तर कोरियाली नेता किमको मंगलबार नै जन्मदिन पनि परेको जनाइएको छ । यी दुवै नेता प्रथम महिला सहित बेइजिङ ग्रेट हल अफ द पिपुलमा गएका दक्षिण कोरियाली समाचार समिति योन्हापले जनाएको छ ।


किमका साथमा उत्तर कोरियाली प्रथम महिला री सोल जु सहित अरु उत्तर कोरियाली उच्चस्तरीय मण्डल रहेको उत्तर कोरियाली समाचार समिति केसीएनएले जनाएको छ ।


गत वर्षको जुन महिनामा उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच पहिलो ऐतिहासिक शिखर वार्ता भएको थियो । यसै साताको सुरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को भेट कहाँ गर्ने भनी चाँडै नै सार्वजनिक गर्ने बताएका थिए ।


यो पनि पढ्नुहोस्ः

उत्तर कोरियाली नेता किम तीन दिने चीन भ्रमणमा

प्रकाशित : पुस २५, २०७५ १५:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?