कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्ट्रेलियाका विदेशी वाणिज्य दूतावासमा शंकास्पद प्याकेट

केन्द्रीय प्रहरीद्धारा छानबिन सुरु
नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियामा रहेका दर्जन बढी विदेशी वाणिज्य दूतावासहरुमा शंकास्पद प्याकेजहरु भेटिएको छ । शंकास्पद प्याकेटहरू भेटिएपछि यहाँस्थित केन्द्रीय तथा राज्य प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्याकेटहरूमा फाईबर र हानिकारक एस्बेस्टस (सिलिकेट तत्त्व) राखिएको यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन् । 

अस्ट्रेलियाका विदेशी वाणिज्य दूतावासमा शंकास्पद प्याकेट

सञ्चारमाध्यमहरूका अनुसार अस्ट्रेलियाको मेलबर्न र क्यानबेरामा रहेको दर्जन बढी वाणिज्य दूतावासको कार्यलयहरुमा यस्ता शंकास्पद प्याकेटहरू पठाइएको थियो ।


यहाँ रहेका न्यूजिल्याण्ड, अमेरिका, भारत, बेलायत, जापान, पाकिस्तान, कोरिया, जर्मनी, स्पेन, स्विजरल्याण्ड, इजिप्ट, क्रोएसिया लगायतका मुलुकहरूको वाणिज्य दूतावासमा यस्ता प्याकेटहरू भेटिएका हुन् । केही वाणिज्य दूतावासहरुले शंकास्पद सामान भेटिएपछि प्रहरीले कारबाही जारी रहेको पुष्टि गरेको भए पनि कुनै हानी नभएको बताएका छन् ।


वाणिज्य दूतावसहरुमा भेटिएका शंकास्पद वस्तु खाम मार्फत बरामद गरिएको थियो । जसमध्ये केही वाणिज्य दूतावासहरुमा पठाइएको खाममा प्लास्टिक पाइएको थियो ।


यसै गरी भिक्टोरियाको प्रहरीले मेलबर्नमा रहेका केही वाणिज्य दूतावासहरुले शंकास्पद वस्तु पाएको पुष्टि गरेको छ भने यो कार्य लक्षित भए पनि सर्वसाधारणहरू लगायत कसैलाई हानी नपुगेको जनाएको छ । समाचारहरूमा क्यानबेरामा रहेका केही दूतावासहरू प्रभावित भएको बताइएपनि कुन दूतावास प्रभावित भए भन्नेबारेमा कुनै उल्लेख गरिएको छैन ।


अस्ट्रेलियाले केही वर्षयता आफ्नो देशको सुरक्षामा विशेष ध्यान दिँदै आएको छ । सुरक्षा संवेदनशीलताको हिसाबले अस्ट्रेलियाले सुरक्षा सम्बन्धी कानुन कडा बनाउँदै आएको छ ।

प्रकाशित : पुस २५, २०७५ १५:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?