आक्रमणमा परी ४२ गोठालाको मृत्यु
जुबा — हतियारधारी व्यक्तिहरूको समूहको आक्रमणमा परी सुडानमा कम्तीमा ४२ जना गोठालको मृत्यु भएको छ । सुडानको बेह राज्यमा पर्ने डुचान र कोलाबिल क्षेत्रमा हतियारधारी समूहले पशुचौपायाका गोठालाहरूको हत्या गरेको हो ।
उनीहरूको आक्रमणमा परी अन्य ७८ जना गोठाला घाइते भएको पनि अधिकारीहरूले बुधवार जानकारी दिएका छन् ।
अकोबो राज्यका गभर्नर जोहनसन गुनी बिलुले सिन्ह्वालाई दिएको जानकारी अनुसार गत गत आइतबार यो घटना भएको हो ।
'मुर्ले आदिवासी समूहले गरेको अमानवीय व्यवहारप्रति हामीलाई पश्चात्ताप छ, यो घटना एकदमै अमानवीय र स्थानीय बासिन्दालाई आक्रान्त पार्ने खालको छ,'बिलुले भने ।
उनले हतियारधारी समूहको आक्रमणमा परी मारिनेमा अधिकांश महिला र बालबालिका रहेको जानकारी दिए । घाइतेहरूको अवस्था स्थिर रहेको र सयभन्दा बढी पशु चौपाया चोरी भएको अधिकारीहरूले जनाएका छन् ।
घटना भएको क्षेत्र दशकौँदेखि साम्प्रदायिक तथा जातीय हिंसाबाट प्रभावित हुँदै आएको छ । त्यस क्षेत्रमा बालयौन दुर्व्यवहार लगायतका अन्य हिंसा पनि हुने गरेको छ ।
प्रकाशित : पुस २६, २०७५ १४:३०