२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

जिहादी आक्रमणमा १२ मारिए

एएफपी

ओवागाडोउगोउ — जिहादी विद्रोहीको आक्रमणमा उत्तरी बुर्किना फासोमा १२ सर्वसाधारण मारिएका छन् । इस्लामिक कट्टरपन्थीको हिंसा जारी रहेको त्यस ठाउँमा गत बिहीबार घटना भएको अधिकारीले शुक्रबार जनाएका छन् । पश्चिम अफ्रिकी यस मुलुकका विभिन्न राज्यमा सरकारले संकटकाल घोषणा गरेको थियो । 

सुरक्षा मन्त्रालयले शुक्रबार जारी गरेको वक्तव्यमा बन्दुकधारीले हिंसा मच्चाएको उल्लेख छ । पछिल्लो आक्रमणमा परी अरु दुई जना घाइते भएको पनि सुरक्षा अधिकारीले जनाएका छन् । आक्रमणमा एक घर, एक कार तथा छ ओटा पसलमा क्षति पुगेको छ । उत्तरी बुर्किना फासोमा जिहादीले सन् २०१५ यता आक्रमण गर्दै आएका छन् ।

प्रकाशित : पुस २८, २०७५ १९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?