कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पेरिस विस्फोट, घाइते मध्ये दुई जनाको मृत्यु

एएफपी

पेरिस — पेरिसको मध्य क्षेत्रमा अवस्थित एक वेकरी पसलमा ग्यास चुहावट नियन्त्रण गर्ने क्रममा आगोले जलेर घाइते भएका दुई जना अग्नि नियन्त्रकको उपचारका क्रममा शनिबार निधन भएको छ ।

ग्यास चुहावटलाई नियन्त्रण गर्ने क्रममा भएको विस्फोटमा आगोले जलेर सख्त घाइते बनेका दुई उद्धारकर्मीको निधन भएको पेरिसको अभियोजनकर्ताको कार्यालयले जनाएको छ ।


घटनामा कम्तिमा ३७ जना घाइते भएका थिए । घाइते मध्ये १२ जना गम्भीर रूपमा घाइते भएका थिए भने २४ जनालाई सामान्य चोट लागेको थियो ।


घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको बताइएकोमा दुई जनाको मृत्यु भएको पुष्टि भएको हो ।

प्रकाशित : पुस २८, २०७५ २०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?