कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

साउदी युवतीलाई क्यानडाले दियो शरण

एएफपी

टोरोन्टो — धर्म परिवर्तन गरेका कारण आफ्नै परिवारबाट हत्या हुन सक्ने डरले भागेकी साउदी युवतीलाई क्यानडाले शरण दिएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन टु्रडोले रहाफ मोहम्मद अल कुनुनलाई शरणार्थीका रूपमा स्वीकार गरेको बताएका छन् । 

‘क्यानडा विश्वभरकै मावन अधिकार र महिला अधिकारको पक्षमा उभिएको छ,’ प्रधानमन्त्री टु्रडोले भनेका छन् । रहाफका तर्फबाट संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायले पेस गरेको आवेदन स्वीकार्दा आफ्नो सरकारलाई खुसी लागेको उनले बताएका छन् ।


साउदी जेलमा राखिएका महिला अधिकारवादीलाई रिहा गरिदिन क्यानडाले माग गरेपछि क्यानडा र साउदी अरेबियाबीचको सम्बन्धमा गत अगस्टदेखि खटपट आएको थियो । तर पनि क्यानडाले साउदी महिलालाई शरणार्थीका रूपमा सहजै स्वीकार गरेको छ ।


आफ्ना परिवारसँग कुवेत भ्रमणमा भएकी रहाफले अचानक बैंककको उडानबाट भाग्ने निर्णय गरेकी थिइन् । उनको खास उद्देश्य बैंककबाट अस्ट्रेलियाको उडान समात्ने थियो । उनीसँग अस्ट्रेलियाको भिसासमेत थियो । तर बैंकक विमानस्थलमा उनको पासपोर्ट एक साउदी कूटनीतिज्ञले खोसिदिएपछि अलपत्र परेकी थिइन् । त्यसपछि उनको अवस्थाबारे विश्वभर फैलिएको हो ।


भागेर बैंकक विमानस्थलमा पुगेपछि सामाजिक सञ्जालद्वारा आफनो अवस्था सार्वजनिक गरेकी रहाफलाई विश्वभरबाट सहानुभूति व्यक्त भएका थिए । उनले बैंकक विमानस्थलमा होटलभित्र आफूलाई बन्द गरी टीटरमार्फत आफ्नो अवस्था लगातार सार्वजनिक गरेकी थिइन् ।


साउदी अरेबियामा इस्लाम त्याग्नु भनेको मृत्युदण्डसमेत दिन सक्ने अपराध मानिन्छ । रहाफले परिवारबाट शारीरिक तथा मानसिक दुव्र्यव्यवहार भोगेको एएफपीलाई बताएकी थिइन् । कपाल काटेको निहँुमा आफूलाई ६ महिनासम्म कोठामा थुनिएको उनको भनाइ छ ।

प्रकाशित : पुस २९, २०७५ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?