कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फिलिपिन्समा शक्तिशाली भूकम्प

सिन्हवा

दाभाओ सिटी — दक्षिण फिलिपिन्समा बुधवार बिहान सबेरै ५.९ म्यानिच्युडको भूकम्प आएको छ । भूकम्पको कारण क्षतिको भने हालसम्म कुनै समाचार प्राप्त नभएका यहाँको भू-विज्ञान विभागले जानकारी दिएको छ । 

स्थानीय समयानुसार बुधवार बिहान ४ बजे सो भूकम्प आएको थियो । सो भूकम्पको केन्द्रबिन्दु दाभाओ ओरिएन्टल प्रान्तको जेनेरोसो सहरबाट १ सय ४९ किलोमिटर दक्षिणपूर्वमा ४८ गहिराइमा रहेको सो विभागले जानकारी दिएको छ ।


भू-विज्ञान निकायका अनुसार यस भूकम्पपछि फिलिपिन्सको दक्षिण द्वीप मिन्दानाओमा समेत यस भूकम्पको कम्पन महसुस गरिएको थियो । फिलिपिन्समा गत डिसेम्बर २९ मा आएको ७.२ म्याग्नीच्युड को भूकम्प आएको थियो ।


यस भूकम्पपछि पनि कुनै मानवीय र सम्पत्ति क्षतिको भने कुनै समाचार भएको थिएन । फिलिपिन्समा बारम्बार भूकम्पको प्रकोपले सताउने गरेको पाइन्छ ।

प्रकाशित : माघ २, २०७५ १५:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?