वायु प्रदूषण कमीपछि चीनमा औसत आयु वृद्धि

एजेन्सी

बेइजिङ — चिनियाँ नागरिकको औसत आयु ६ महिनाले बढेको छ । चीनमा वायु प्रदूषणमा कमी आएपछि औसत आयु बढेको देखिएको हो ।

वायु प्रदूषण कमीपछि चीनमा औसत आयु वृद्धि

युनिभर्सिटी अफ सिकागोको इनर्जी पोलिसी इन्स्चि्युटले सार्वजनिक गरेको वायु प्रदूषण सूचकांकअनुसार सन् २०१३ देखि २०१६ को बीचमा वायुमा हुने पर्टिकुलर म्याटर्स (पीएम २.५) को घनत्व १२ प्रतिशतले कमी आएको देखिएको हो ।

चीनका सबैभन्दा प्रदूषित ३ सहरमध्ये तियानजिनमा पनि पीएम २.५ घनत्व १४ प्रतिशतले कमी आएको छ । यदि यो अवस्था कायमै रहने हो भने १ करोड ३० लाख जनसंख्या भएको उक्त सहरका नागरिकको औसत आयु १.२ वर्षले बढ्ने अनुमान गरिएको छ । अर्को सहर हेनानमा सन् २०१३ को तुलनामा प्रदूषण २० प्रतिशतले कमी आएको छ ।

यसअनुसार त्यहाँको औसत आयु १.३ प्रतिशतले वृद्धि हुने अपेक्षा छ । चीनमा वायु प्रदूषण गम्भीर समस्याका रूपमा देखा परेको छ । सन् २०१० मा प्रदूषणका कारण १२ लाख मानिसको मृत्यु असमयमै भएको थियो भने २ करोड ५० लाख मानिसको स्वस्थ जीवनयापन उमेरमा कमी आएको थियो ।

विश्व स्वास्थ्य संगठनका अनुसार वायुमा पीएमको मात्रा १० माइक्रोग्राम प्रतिघनमिटर भए स्वाभाविक मानिन्छ । तर, चीनमा यसको मात्रा ३ गुणा बढी भएको बताइन्छ ।

प्रकाशित : माघ ३, २०७५ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?