कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

होटलमा आक्रमण, १४ को मृत्यु

एजेन्सी

नैरोबी — केन्याको राजधानी नैरोबीस्थित एक होटल परिसरमा मंगलबार आत्मघाती बम आक्रमण र गोली हानाहानमा १४ जनाको मृत्यु भएको छ । 

होटलमा आक्रमण, १४ को मृत्यु

एक सय एक कोठा, रेस्टुरेन्ट, कार्यालय भवन र स्वास्थ्य केन्द्रसमेत रहेको होटल परिसरमा मंगलबार अपराह्न आतंककारी संगठन अल–शबाबले आक्रमण गरेको हो । उक्त समूहले होटललाई २० घण्टासम्म कब्जामा लिएका थिए ।


विस्फोटक पदार्थ बोकेका एक आत्मघाती आक्रमणकारी होटलमा छिरेपछि बन्दुकधारीले गोली प्रहार गर्न सुरु गरेका थिए । राष्ट्रपति उहुरु केन्याताले दुसित कम्प्लेक्स (होटल भवन) को सुरक्षा कारबाही सफल भएको र त्यहाँ फसेका करिब ७ सय व्यक्तिलाई उद्धार गरिएको जानकारी दिए । राष्ट्रपतिले जानकारी दिने क्रममा गोली प्रहार र विस्फोटका आवाज सुनिएका थिए ।


उक्त घटनामा मारिने एक अमेरिकी र एक बेलायतीको पहिचान भएको छ । होटलमा फसेका केही व्यक्ति स्थानीय समयअनुसार बुधबार बिहान साढे ३ बजे बिहान भाग्न सफल भएको जनाइएको छ । केन्या रेडक्रसले घाइतेका लागि रक्तदान गर्न आह्वान गरेको छ ।


आक्रमणको जिम्मेवारी अल–कायदा आबद्ध सोमालियाको अल–शबाब समूहले लिएको छ । सन् २०११ को अक्टोबरमा जिहादी समूहसँगको लडाइँमा सोमालियामा सेना पठाएपछि केन्यामा बारम्बार यस समूहले आक्रमण गर्दै आएको छ । २०१३ मा नैरोबीको एक सपिङ मलमा भएको आक्रमणमा कम्तीमा ६७ जनाको मृत्यु भएको थियो ।


सन् २०१५ को अप्रिल २ मा पूर्वीकेन्यास्थित गारिस्सा विश्वविद्यालयमा शबाब समूहले गरेको आक्रमणमा कम्तीमा १४८ को मृत्यु भएको थियो ।

प्रकाशित : माघ ३, २०७५ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?