कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कारबम आक्रमणमा २१ को मृत्यु

एएफपी

बोगोटा — कोलोम्बियाको एक सैनिक विद्यायलमा भएको कारबम आक्रमणमा कम्तीमा २१ जनाको मृत्यु भएको छ । सैनिक तालिम भइरहेको समयमा गरिएको आक्रमणमा ६८ घाइते भएका अधिकारीले जनाएका छन् । 

कारबम आक्रमणमा २१ को मृत्यु

घटनालगत्तै सरकारले ३ दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । अधिकारीहरुले उक्त घटना १६ वर्ष यताकै भीषण आक्रमण भएको बताएका छन् । आतंककारीहरुले ८० किलोग्रामको विस्फोटक पदार्थ बोकेको एक सवारी साधन विस्फोट गराएका रक्षा मन्त्रालयले जनाएको छ ।


घटनामा घाइतेमध्ये ५८ जना उपचारपछि घर फर्केका बताइएको छ । रक्षा मन्त्रालयले शुरुमा घटनाका कारण ११ जनाको मृत्यु भएको जनाएको थियो ।


कोलोम्बियाका राष्ट्रपति इभान डुक्वेले घटनापछि दु:ख व्यक्त गर्दै ‘कोलोम्बियाली जनताले आतंकवादलाई अस्वीकार गर्ने तथा आतंकवादविरुद्ध एक भएर लड्ने’ दाबी गरेका छन् । आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मेवारी लिएका छैन ।



प्रकाशित : माघ ४, २०७५ २०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?