भारतमा स्वाईन फ्लूले दुई सातामा ४० को मृत्यु

एएफपी

जयपुर — भारतको पश्चिमी क्षेत्रमा नयाँ वर्ष सन् २०१९ को सुरुवातमा फैलिएको स्वाइन फ्लुका कारण हालसम्म कम्तीमा ४० जनाको मृत्यु भएको छ ।

सरकारी अधिकारीले शुक्रबार दिएको जानकारीअनुसार १ हजारभन्दा बढी बिरामी परेका छन् । भारतको नयाँदिल्ली र राजस्थानसहित पश्चिमी र उत्तरी राज्यमा उनीहरूको मृत्यु भएको हो ।


अधिकारीका अनुसार बिरामीलाई सेवा दिन प्रभावित क्षेत्रमा सरकारले घरदैलोमै उपचार अभियान चलाएको बताइएको छ ।त्यसैगरी स्वास्थ्य अधिकारीहरूले यस्ता रोगका बारेमा जनचेतनामूलक कार्यक्रम पनि चलाइएको बताएका छन् ।


स्वाइन फ्लुबाट विशिष्ट व्यक्ति पनि बिरामी भएका छन् । तीमध्ये सत्तारूढ दल भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह पनि छन् ।

प्रकाशित : माघ ५, २०७५ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?