२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

ट्रम्प-किम दोस्रो शिखर सम्मेलन फेब्रुअरीको अन्त्यतिर हुने

सिन्ह्वा

वासिङटन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको दोस्रो शिखर सम्मेलन आउँदो फेब्रुअरीको अन्त्यतिर हुने‍ अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसले जनाएको छ । 

ट्रम्प-किम दोस्रो शिखर सम्मेलन फेब्रुअरीको अन्त्यतिर हुने

उत्तर कोरियाको सत्तारुढ दल कोरियन वकर्स पार्टीको केन्द्रीय कमिटिका उपाध्यक्ष किम योङ चोलसँग ओभल अफिसमा अमेरिकी राष्ट्रपति ट्रम्पको भेटपछि राष्ट्रपतिको कार्यालयले यस्तो बताएको हो ।


“राष्ट्रपति डोनाल्ड ट्रम्पले किम योङ चोलसँग साढे एक घण्टा बैठक गर्नुभयो, बैठकमा आणविक हतियार निःसशस्त्रीकरण र दोस्रो शिखर सम्मेलनका बारेमा छलफल भएको छ,” ह्वाईट हाउसका सञ्चार सचिव सराह सन्डेर्सले भने । उनले शिखर बैठकको ठाउँ र आउँदो फेब्रुअरीको अन्त्यतिर बैठक गर्ने बारेमा छलफल भएको जानकारी दिए ।


दशकौँदेखि उत्तर कोरिया र अमेरिकाबीच जारी द्वन्द्वको अन्त्यको वार्ताको लागि चोलको नेतृत्वमा उत्तर कोरियाली उच्च अधिकारीको टोली वासिङ्टन भ्रमण आएको छ ।


उत्तर कोरियाली सेनाका ती उच्च सैन्य जर्नेल चोल उत्तर कोरियाली सरकारका एकजना प्रभावशाली व्यक्ति मानिन्छन् । उनी उत्तर कोरियाली नेता किम जोङ उनको विश्वास पात्रका रुपमा काम गरिरहेका उच्च सैन्य अधिकारी हुन् ।


किमको गत नोभेम्बरको सुरुमा नै वासिङटनको भ्रमण गर्ने समय तालिका रहेको थियो । तर त्यस समयमा अमेरिका र उत्तर कोरियाबीचको सम्बन्धमा चीसोपना आएपछि सो भ्रमण रद्द भएको थियो ।


किम जोङ उनले नयाँ वर्षको शुभकामनाको पत्र अमेरिकी राष्ट्रपति ट्रम्पलाई पठाएपछि पुनःसम्बन्धका नयाँपन आएको थियो ।


केही दिन अघिमात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई दोस्रो शिखर बैठकसम्बन्धी पत्र पठाएको समाचार अमेरिकी सञ्चारमाध्यमले खुलासा गरेको थियो ।


उत्तर कोरिया र संयुक्तराज्य अमेरिकाबीचको सम्बन्ध गत वर्षबाट सुधार भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत जुनमा सिंगापुरमा शिखर वार्ता भएको थियो ।


सो पहिलो शिखर वार्तामा छिट्टै नै अर्को शिखर वार्ता हुने भनिएपनि आउने फेब्रअरीको अन्त्यमा मात्रै हुने भएको हो । दोस्रो शिखर सम्मेलनको आतिथ्यता भने भियतनाले गर्ने इच्छा व्यक्त गरेको छ ।

प्रकाशित : माघ ५, २०७५ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?