कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

इन्धन चोरी गर्दा भएको विस्फोटमा २१ को मृत्यु

रोयटर्स

मेक्सिको सिटी — मेक्सिकोको मध्य भागमा भएको इन्धन पाइपलाइनमा भएको विस्फोटमा कम्तीमा २१ जनाको मृत्यु भएको छ । ७१ भन्दा बढी घाइते छन् ।

अधिकारीहरुले हिडाल्गो राज्यमा इन्धन चोरहरुले पाइपलाइनमा क्षति पुर्‍याएपछि विस्फोट भएको अनुमान गरेका छन् । विस्फोटका बेला कतिपय मानिस भाँडाकुँडा बोकेर इन्धन भर्ने प्रयास गरिरहेका थिए ।


पाइप विस्फोट भएलगत्तैको आगलागीले २१ जनाको मृत्यु भइसकेको र अन्य कैयौं घाइते भएको हिडाल्गोका गभर्नर ओमार फायाडले बताए । उनले मृतकहरुको संख्या बढ्न सक्ने जनाए ।


समाचार संस्था एएफपीले स्थानीयलाई उद्धृत गर्दै ‘घटना हुनुअघि इन्धन संकलन गर्न कैयौं मानिस भेला भएको’ उल्लेख गरेको छ । ५५ वर्षीय मार्टिन ट्रेजो आफ्नो छोराले इन्धन भरिरहँदा हेरिरहेका थिए ।


टेलिभिजनमा प्रसारित दृश्यहरुमा आगलागीपछि निकै ठूलो मुस्लो फैलिएपछि दर्जनांै मानिस डढेका थिए । मेक्सिकोको सरकारी पेट्रोलियम कम्पनी पेमेक्सले ‘गैरकानुनी रूपमा इन्धन निकाल्ने प्रयास गरिँदा आगलागी भएको’ बताएको छ ।


मेसिक्कोका कतिपय समुदायमा इन्धन चोरहरुको बिगबिगी रहेको छ । सरकारले इन्धन चोरीका कारण गत वर्ष मेक्सिकोलाई करिब ३ अर्ब डलर बराबरको क्षति पुगेको थियो ।


मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुयल लोपेज ओब्राडोरले इन्धन चोरी नियन्त्रणका लागि कडा कदम चाल्दै आएका छन् । ओब्राडोरले इन्धन पाईपलाइन नियन्त्रण गर्न हजारौं सुरक्षाकर्मी परिचालन गरेका छन् । उनी गत डिसेम्बरमा मेक्सिकोको राष्ट्रपति पदको कार्यभार सम्हालेका हुन् ।


ओब्राडोरले घटनास्थलको भ्रमण गरेका छन् । उनले ‘इन्धन चोरी पूर्णरूपमा नियन्त्रण गरेरै छाड्ने प्रतिबद्धतासमेत जनाए । ‘तर तत्कालका लागि घाइतेको ज्यान बचाउनु नै महत्त्वपूर्ण कार्य हो,’ ओब्राडोरले भने ।

प्रकाशित : माघ ५, २०७५ २१:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?