‘पर्खाल’ बजेटका लागि ट्रम्पको ‘वार्गेनिङ’ प्रस्ताव

नेपालीहरु समेत लाभान्वित हुनसक्ने
दिनेशजंग शाह

न्युयोर्क — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफनो महत्वाकांक्षी चुनावी प्रतिवद्वता ‘पर्खाल’ निर्माणका लागि बजेटको माग गर्दै विपक्षी पार्टी नेतृत्व समक्ष वार्गेनिङ प्रस्ताव अघि सारेका छन् । 

‘पर्खाल’ बजेटका लागि ट्रम्पको ‘वार्गेनिङ’ प्रस्ताव

उनले आफ्नो प्रस्ताव स्वीकार गर्न आव्हान गर्दै पाँचौं सातामा प्रवेश गरेको अमेरिकी संघीय सरकारको ‘सट डाउन’ को अन्त्यका लागि अमेरिकी कंग्रेसको विपक्षी नेतृत्वलाई अनुरोध गरेका छन् ।


प्रस्तावमा अमेरिका र मेक्सिकोको खुला सिमानामा पर्खाल निमार्णका अमेरिकी कंग्रेसले पाँच दशमलम ७ बिलियन डलर उपलब्ध गराए, विपक्षी डेमोक्रयाट् पार्टीको प्राथमिकतामा रहेको ‘ड्रिमर’हरुको विषयमा आफ्नो प्रशासनले सम्बोधन गर्ने राष्ट्रपति ट्रम्पको उद्घोष छ ।


शनिबार ह्वाइट हाउसबाट प्रत्यक्ष टेलिभिजन मार्फत तेह्र मिनेट सम्बोधन गरेका ट्रम्पले ‘ड्रिमर’हरु लगायतकालाई अमेरिकामा रोजगार र बसाइँको वैधताका लागि आगामी तीन वर्षसम्मको थप ंकानुनी माान्यता दिइने बताएका छन् ।


बालबालिकाको रुपमै आफ्नो अभिवाहकहरुसँग अमेरिका प्रवेश गरेकाहरुलाई ‘ड्रिमर’को संज्ञा दिँदै उनीहरुको रोजगार एवम् कानुनी बैधताका लागि सन् २०१२ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाले कार्यकारी आदेशमार्फत ‘डाका’ नामक कार्यक्रम शुरु गरेका थिए । जसलाई रिपब्लिकन पार्टी एवम् हालको ट्रम्प प्रशासनले आलोचना गर्दै आएको छ ।


शनिबारको सम्बोधनमा राष्ट्रिपतिले ‘ड्रिमर’का अतिरिक्त विभिन्न देशमा आएको मानवीय एवम प्राकृतिक प्रकोपका कारण अमेरिकामा रहेका सम्बन्धित देशका नागरिकहरुलाई अस्थायी रुपमा संरक्षित गर्ने आप्रवासन नीति ‘टिपीएस’लाई पनि आगामी तीन वर्षका लागि बढाउने बताएका छन् । यसो भए, महाभुकम्पका कारण नेपाली आप्रवासीहरुले पाउँदै आएको टिपीएसको सुविधा तीनवर्षका लागि लम्बिनेछ ।


सन् २०१५ को अप्रिलमा नेपालमा आएको महाभुकम्पका कारण अमेरिकामा रहेका करिब १५ हजार कागजविहीन नेपाली आप्रवासीहरुलाई तत्कालीन ओबामा प्रशासनले टिपीएसको सुविधा प्रदान गरेको थियो । आप्रवासीप्रति अनुदार बन्दै आएको ट्रम्प प्रशासनको अघिल्लो निर्णय अनुसार आगामी जुनमा नेपालीलाई प्राप्त टिपीएसको सुविधा अन्त्य हुँदैछ ।


पर्खालका निमार्णका लागि ट्रम्प लचिलो बन्दै गरेको प्रस्तावलाई कंग्रेसको तल्लो सदन हाउस नियन्त्रित नेतृत्वले अस्वीकार गरेको छ । ह्वाइट हाउस र कंग्रेसको नेतृत्वबीच बढ्दै गएको कटुता एवम् दुरीले गतवर्षको डिसेम्बर २२ देखि बन्द रहेको अमेरिकी संघीय सरकारको अवस्था अझैं अनिश्चित बनेको छ । यो, अमेरिकी इतिहासकंंैं सबैभन्दा लामो ‘सटडाउन’ हो ।

प्रकाशित : माघ ६, २०७५ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?