कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

थाइल्यान्डमा आमनिर्वाचन घोषणा

आगामी मार्च २४ को निर्वाचनमा वर्तमान प्रधानमन्त्री प्रयुत चान ओचा पनि सहभागी हुने आँकलन
एजेन्सी

बैंकक — थाइल्यान्डमा सैन्य शासनको ५ वर्षपछि आगामी मार्च २४ मा आम निर्वाचन घोषणा गरिएको छ । थाई राजा महाबजिरिलंकर्णले सन् २०१९ भित्र आमनिर्वाचन गर्ने शाही घोषणा गरेको केही घण्टामै निर्वाचन आयोगले बुधबार निर्वाचन मिति घोषणा गरेको हो ।

थाइल्यान्डमा आमनिर्वाचन घोषणा

निर्वाचन आयोगका प्रमुख इत्तिपर्न बूनप्राचोङले बुधबार अपराह्न भएको बैठकमा आगामी मार्च २४ का दिन संसदको आमनिर्वाचन गर्ने सहमति भएको जानकारी दिए । यो निर्वाचन सैनिक शासनलाई वैधानिकता दिने या प्रजातन्त्र स्थापना गर्ने विषयको जनमत संग्रहका रूपमा लिइएको छ । मिति घोषणापछि प्रधानमन्त्री कार्यालयले एक विज्ञप्ति जारी गर्दै यसै वर्षको मध्यसम्ममा देशले संसद् र नयाँ सरकार पाउने जनाएको छ ।


सन् २०१४ मा ६ महिनाको सडक आन्दोलनपछि पूर्व सैनिक जनरल प्रयुत चान ओचाले सैनिक ‘कु’ मार्फत तत्कालीन प्रधानमन्त्री यिङलक सिनावात्रालाई बर्खास्त गर्दै सत्ता हातमा लिएका थिए । त्यसयता उनले नागरिक प्रजातान्त्रिक शासन पुनस्र्थापना गर्ने प्रतिबद्धता पटकपटक जनाउँदै आएका थिए ।


आगामी निर्वाचनमा वर्तमान प्रधानमन्त्री एवं पूर्व सैनिक जनरल ओचाले पनि भाग लिने अनुमान गरिएको छ । बुधबार उनले आफू कुनै एक पार्टीमा आबद्ध हुने संकेत गर्दै त्यस्तो पार्टी मुलुकलाई अझ राम्रो बाटोमा लैजान प्रतिबद्ध भएको र नि:स्वार्थ हुनुपर्ने बताएका छन् ।


सेनाले २०१७ मा तयार पारेको संविधान विपक्षी फिउ थाई पार्टीलाई पुन: शक्तिमा आउन रोक्ने योजनाका साथ ल्याइएको विश्लेषण गरिएको छ । थाइल्यान्डमा ५ सय सदस्यीय तल्लो सदन र २ सय ५० सदस्यीय माथिल्लो सदन छ ।

प्रकाशित : माघ १०, २०७५ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?