२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

भारतमा रेल दुर्घटनामा ७ को मृत्यु

रोयटर्स

नयाँदिल्ली — भारतको पूर्वी राज्य विहारमा आइतबार बिहान भएको रेल दुर्घटनामा कम्तीमा ७ जनाको मृत्यु भएको रेल अधिकारीले जनाएका छन् । दुर्घटनामा ४ गम्भीर घाइते भएका छन् । ७ सामान्य घाइते छन् ।

भारतमा रेल दुर्घटनामा ७ को मृत्यु

भारतीय रेल मन्त्रालयका अनुसार विहारको राजधानी पटनाबाट ५० किलोमिटर टाढा सीमाञ्चल एक्सप्रेसको रेल दुर्घटनामा परेको हो । रेलले अकस्मात् पटरी छाडेपछि दुर्घटना भएको हो ।


दुर्घटनापीडितलाई भारत सरकारले आर्थिक सहयोगको घोषणा गरेको छ । दुर्घटनामा मृत्यु भएकाका परिवारलाई ५ लाख भारतीय रुपैयाँ, गम्भीर घाइतेलाई एक लाख र सामान्य घाइतेलाई ५० हजार दिने घोषणा भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।


भारतीय रेल सेवाका प्रवक्ता स्मिता शर्माले घाइतेको उपचारखर्च रेल सञ्चालकले बेहोर्ने बताइन् । अधिकारीका अनुसार दुर्घटनाका बेला अधिकांश यात्रु निदाइरहेका थिए । रेल आइतबार बिहान ९ बजे दिल्लीस्थित आनन्द विहार रेलवे स्टेसनमा पुग्ने तालिका थियो ।


भारतमा दैनिक करिब २ करोड ३० लाख मानिसले रेल यात्रा गर्छन् तर पुरानो संरचना र सुरक्षाको कमीका कारण पटकपटक दुर्घटना हुने गरेको छ । गत वर्ष भारतको अमृतसरमा गुडिरहेको रेल पटरी छाडेर मानिसको भीडमा पुगेपछि कम्तीमा ६० जनाको ज्यान गएको थियो ।

प्रकाशित : माघ २०, २०७५ २१:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?