कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पेरिसमा भएको आगलागीमा ८ जनाको मृत्यु

एएफपी

पेरिस — फ्रान्सको राजधानी सहर पेरिसको एक भवनमा भएको आगलागीमा परी कम्तीमा ८ जनाको मृत्यु भएको छ । स्थानीय अग्नि नियन्त्रण सेवाले आगलागी निकै भयानक रहेकाले नियन्त्रणमा लिन कठिन भइरहेको जनाएको छ ।

पेरिसमा भएको आगलागीमा ८ जनाको मृत्यु

आगलागीबाट मृत्यु हुनेको सङ्ख्या अझ बढ्न सक्ने आशङ्का अधिकारीहरूको भनाई छ ।


यस आगलागीमा परी तीन अग्नि नियन्त्रकसहित २७ व्यक्ति घाइते भएका छन् । यद्यपि घाइतेहरूको स्थिति भने सामान्य रहेको बताइएको छ ।


आठ तल्ले सो भवन रहेको क्षेत्रमा विदेशी राजदूतावास र फ्रान्सको एक प्रसिद्ध सङ्ग्रहालय रहेको छ । यस आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने प्राप्त हुन सकेको छैन । प्रहरीले आगलागीको घटनामा शङ्कास्पद केही व्यक्तिलाई नियन्त्रणमा लिई सोधपुछ गरिरहेको छ ।

प्रकाशित : माघ २२, २०७५ १५:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?