‘आयरल्यान्डसँगको सीमामा कडाइ’

एपी

लन्डन — बेलायती प्रधानमन्त्री टेरेजा मेले युरोपेली युनियन (ईयू)बाट अलग्गिने (ब्रेक्जिट) गरी यसअघि भएको सम्झौतामा परिमार्जन गर्न चाहेको बताएकी छन् । 

‘आयरल्यान्डसँगको सीमामा कडाइ’

उत्तरी आयरल्यान्डका व्यापारिक नेतालाई सम्बोधन गर्दै प्रधानमन्त्री मेले सम्झौतामा सबैभन्दा विवादास्पद मानिएको इयू–आइरिस सीमालाई केही समय खुला गर्नेसम्बन्धी प्रावधानलाई पूर्णरूपमा हटाउन आफूले पहल गर्ने बताइन् ।


उनले सरकार ईयूको सदस्य राष्ट्र आयरल्यान्ड र बेलायतको उत्तरी आयरल्यान्डबीच भौतिक सीमाको पक्षमा नरहेको उल्लेख गरिन् । उत्तरी आयरल्यान्डको बेल्फास्ट भ्रमणमा रहेकी उनले उत्तरी आयरल्यान्ड र आयरल्यान्डबीचको सीमामा कडा प्रावधान नराखिने तर सीमा व्यवस्था नयाँ ढङ्गबाट गर्नुपर्ने विचार राखिन् ।


उनले सन् १९९८ मा सम्पन्न गुड फ्राइडे सम्झौताप्रति बेलायत सरकारको पूर्णसमर्थन रहेकामा समेत जोड दिइन् । उक्त सम्झौताकै कारण उत्तरी आयरल्यान्डमा एक दशकभन्दा बढी चलेको हिंसात्मक घटना साम्य भएको थियो ।


बेलायतले आगामी मार्च २९ मा ईयू छाड्दै छ तर बहिर्गमन सम्झौता बेलायती संसद्बाट स्वीकृत भएको छैन । बेलायती संसद्ले प्रधानमन्त्री मेको यसअघिको प्रस्तावलाई गत महिना भारी बहुमतले अस्वीकृत गरेको थियो ।


आयरल्यान्ड र उत्तरी आयरल्यान्डको सीमाको व्यवस्थापनका विषयमा बेलायती संसद्मा अझै मतैक्य हुन सकेको छैन । यही सीमा विवादका कारण दशकौंसम्म हिंसात्मक घटना भएका थिए ।

प्रकाशित : माघ २४, २०७५ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?