कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

गोली हानाहनमा १० भारतीय माओवादी मारिए

सिन्ह्वा

नयाँ दिल्ली — मध्य भारतीय राज्य छत्तिसगढमा बिहीबार सरकार सुरक्षा बल र भारतीय माओवादीबीच भएको दोहोरो भिडन्तमा परी कम्तीमा १० माओवादी लडाकु मारिएका छन् । 

गोली हानाहनमा १० भारतीय माओवादी मारिए

छत्तिसगढको प्रान्तीय राजधानी रायपुरबाट ३ सय ६५ किलोमिटर टाढा रहेको भैरामगढमा सो भिडन्त भएको थियो ।


भारतीय विशेष सुरक्षाबलले यस इलाकामा माओवादी लडाकु मुक्त क्षेत्र बनाउनको लागि जारी राखेको कारबाहीको क्रममा सो झडप भएको बताइएको छ ।


झडपको क्रममा १० शव र दश ओटा राइफल फेला परेको र अझै पनि सुरक्षा कारबाही जारी रहेको सरकारी अधिकारीहरू जानकारी दिएका छन् ।

प्रकाशित : माघ २४, २०७५ १५:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?