भारतमा गोली हानी विधायकको हत्या

सिन्ह्वा

कोलकाता — भारतको पश्चिम बङ्गाल राज्यमा अज्ञात व्यक्तिले गोली प्रहार गरेर एक विधायकको हत्या गरेका छन् । पश्चिम बङ्गालको सत्तारुढ दल त्रिणमुल कंग्रेसका तर्फबाट निर्वाचित ३८ वर्षीय सत्यजित विश्वासको हत्या भएको प्रहरीले जनाएको छ । विधायक विश्वासको कसले हत्या गरेको हो भन्ने बारेमा अहिलेसम्म एकिन हुन सकेको छैन । 

फाइल तस्बिर: विधायक सत्यजित विश्वास ।

पश्चिम बङ्गाल राज्यको राजधानी कोलकातादेखि १२२ किलोमिटर टाढा पर्ने नाडिआ जिल्लाको ग्रामीण क्षेत्रमा शनिबार उनको हत्या भएको हो ।गोली प्रहार भएको केही समयमै उनलाई नजिकैको अस्पतालमा पुर्याइएको भए पनि चिकित्सकहरुले तत्कालै मृत घोषणा गरेका थिए ।

Citizen


सरस्वती पूजाको कार्यक्रममा सहभागी भएको बेला उनीमाथि आक्रमण भएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।
“कार्यक्रमका लागि बनाइएको मञ्चमा सांस्कृतिक कार्यक्रम गरिने भएपछि उहाँ तल झर्नु भएको थियो, त्यसलगत्तै उहाँमाथि आक्रमण गरी हत्या भयो,” प्रहरीले जनाएको छ ।

त्रिणमुल कंग्रेसका जिल्ला अध्यक्ष गौरीशंकर दत्तले विश्वासको हत्याको आरोप भारतीय जनता पार्टीमाथि लगाएका छन् । तर जनता पार्टीले भने उक्त आरोप अस्वीकार गरेको छ ।

प्रकाशित : माघ २७, २०७५ १५:५८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

रङ्गीचङ्गी सरस्वतीको मूर्ति (फोटोफिचर) 

शब्द/तस्बिर : शाहीमान राई

जनकपुर — मिथिला क्षेत्रमा सरस्वतीको पूजाका लागि मूर्तिकारले कलात्मक तरिकाबाट रंगिविरंगी सरस्वतीको मूर्ति बनाउने गरेका छन् । सरस्वतीको हातमा विणा, पुस्तक तथा वाहनको रूपमा हाँस लगायत विम्बात्मक र प्रतिकात्मक स्वरूपबाट निर्मित कलात्मक मूर्ति मञ्चमा राखेर धूप, बत्ती, फूलमाला र अबिर लगाएर पूजा गर्ने चलन छ ।

वसन्तपञ्चमीका दिन प्रदेश २ मा विद्याकी देवी सरस्वतीको भव्य पूजाआजा गरी मनाइन्छ । सरस्वती पूजाका निम्ति सरस्वतीको प्रतीकका रूपमा कलाकारले आकर्षक, कलात्मक, रङ्गीबिरङ्गी  मूर्ति बनाउँछन् । 

आइतबार श्रीपञ्चमीको दिन मुलुकभर शैक्षिक संस्थाहरूमा सरस्वती पूजा मनाइँदैछ । त्यसमध्ये श्रीपञ्चमीलाई पर्वकै रूपमा तराई–मधेस क्षेत्रमा धूमधामसँग सरस्वती पूजा गरेर मनाउने प्रचलन छ । 

प्रकाशित : माघ २७, २०७५ १४:५४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT