२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

थाई राजकुमारीको उम्मेदवारी रद्द 

एएफपी

बैंकक — थाइल्यान्डको निर्वाचन आयोगले थाई राजकुमारी प्रधानमन्त्री पदमा प्रतिस्पर्धा गर्न अयोग्य रहेको औपचारिक निर्णय गरेको छ । आगामी मार्च २४ मा हुने निर्वाचनमा आफ्नो उम्मेदवारी दर्ता गराएपछि राजकुमारी उबोल रतना राजकन्या श्रीबन्दना बर्नाभेदी चर्चामा आएकी थिइन् । तर उनको उम्मेदवारीप्रति राजा महा भाजिरालंकर्णले असन्तुष्टि जनाएपछि निर्वाचन आयोगले आयोग्य घोषणा गर्ने अनुमान गरिएको थियो । 

थाई राजकुमारीको उम्मेदवारी रद्द 

राजदरबारद्वारा जारी विज्ञप्तिमा ‘राजकुमारीको कदम देशको शाही परम्परा र संस्कृति विपरीत हुने’ उल्लेख भएलगत्तै थाई रक्सा चार्ट पार्टीले ‘राजाको आदेशअनुसार चल्ने’ जनाएको थियो । दलले ‘शाही आदेश तथा राजा र राजपरिवारका सदस्यहरूप्रति आफू सधैं बफादार रहने’ उल्लेख गरेको थियो । उबोल रतना पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राको दलबाट प्रधानमन्त्री उम्मेदवार बनेकी थिइन् ।


थाइल्यान्डको निर्वाचन आयोगले सोमबार उबोल रतनाको उम्मेदवारी रद्द गर्दै उनी बाहेकका प्रतिस्पर्धीको नाम सार्वजनिक गरेको हो । आयेगले विज्ञप्तिमार्फ भनेको छ, ‘शाही परिवारका सबै सदस्य राजनीतिभन्दा माथि छन् ।’


राजकुमारीको चुनाव लड्ने घोषणासँगै थाइल्यान्डको राजनीति एकाएक तातेको थियो । तर निर्वाचन आयोगको पछिल्लो निर्णयसँगै विपक्षी दलले राजकुमारीलाई अघि सारेर सत्ताबाट सेनाबाट सत्ता आफ्नो पोल्टामा पार्ने रणनीति असफल हुने भएको छ ।


राजकुमारीले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफूले शाही सम्मान तथा पदवी त्याग गरेको र सामान्य नागरिकका हिसाबाले चुनावी प्रतिस्पर्धामा उत्रेको भन्दै निर्णयको बचाउ गरेकी थिइन् । यद्यपि, निर्वाचन आयोगको निर्णयप्रति उनको प्रतिक्रिया भने आइसकेको छैन ।


थाइल्यान्डमा लोकप्रिय राजनीतिज्ञको छवि बनाएका सिनावात्राको दल थाई रक्सा चार्टका तर्फबाट प्रधानमन्त्री पदको नयाँ उम्मेदवारबारे भने केही जनाइएको छैन ।


उक्त दल २००१ यताका सबै चुनावमा विजयी भएको थियो । सिनावात्रा सन् २००६ मा उनकी बहिनी सन् २०१४ मा सैनिक कु मार्फत प्रधानमन्त्रीबाट बर्खास्त भएयता स्वैच्छिक निर्वासनमा छन् । यिङलक २०११ मा प्रधानमन्त्री बनेकी थिइन् ।


यो पनि पढ्नुहोस्ः

राजकुमारीको उम्मेदवारीप्रति थाइल्यान्डका राजाको असन्तुष्टि

थाइल्यान्डकी राजकुमारी चुनावी दौडमा

प्रकाशित : माघ २८, २०७५ २१:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?