दिल्लीको एक होटलमा आगलागी हुँदा १७ जनाको मृत्यु

रासस

नयाँ दिल्ली — दिल्लीको मध्य क्षेत्रमा रहेको एक होटलमा मंगलवार बिहान आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको यहाँको अग्नी नियन्त्रण विभागले जनाएको छ । घटनामा परी अन्य ११ जना घाइते भएका छन् ।

दिल्लीको एक होटलमा आगलागी हुँदा १७ जनाको मृत्यु

करोलबाघस्थित गुरुद्वारा सडकमा रहेको अर्पित प्यालेस होटलमा मङ्गलबार बिहान साढे ४ बजे सो आगलागी भएको थियो। तत्काल वारुणयन्त्र सहित केही अग्नि नियन्त्रक त्यसतर्फ गएपनि १७ व्यक्तिलाई जोगाउन नसकिएको प्रहरी उप–आयुक्त एमएस रान्धावाले बताए ।


विभागका प्रमुख अतुल गर्गले भने,'सूचना प्राप्त भए लगत्तै उद्धार टोलीलाई बिहान ४:३५ बजे त्यसतर्फ पठाइएको र उक्त टोलीले होटलभित्र फसेका ३५ जनालाई सकुशल उद्धार गरेको थियो । ' उद्धार टोलीले घटनास्थलबाट एउटा अस्पतालमा १३ जनाको र अर्को अस्पतालमा अन्य चार जनाको शव अन्तिम परीक्षण रिपोर्टका लागि पठाइएको छ ।


एक महिला र एक बालकले आगलागीपछि आत्तिएर भवनको झ्यालबाट हाम फालेका कारण मृत्यु भएको छ भने अन्य १५ जनाको होटलको कोठाभित्र नै जलेर ज्यान गएको बताइएको छ ।


आगोमा जलेर घाइते भएका ११ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरी उप–आयुक्त एमएस रान्धावाले भन्नुभयो,'आगलागीबाट घाइते भएकाहरू मध्ये केहीको अवस्था गम्भीर रहेकोले मृतकको सङ्ख्या बढ्नसक्ने अनुमान गरिएको छ ।'


आगलागी भएको सो चार तले होटलमा ३५ कोठा थिए । सोमबार उक्त होटलमा एउटा परिवारले कार्यक्रमका लागि लिएको आफूलाई जानकारी भएको रान्धावाले बताए ।

प्रकाशित : माघ २९, २०७५ १७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?