कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

पूर्वराष्ट्रपतिमाथि सम्पत्ति शुद्धीकरण मुद्दा

एजेन्सी

मनिला — माल्दिभ्सका पूर्व राष्ट्रपति अब्दुल्लाह यामिनमाथि सम्पत्ति शुद्धीकरण अभियोगमा मुद्दा दायर गरिएको छ । उनीमाथि राज्यकोषबाट १० लाख डलर लिएको आरोप लगाइएको छ ।

पूर्वराष्ट्रपतिमाथि सम्पत्ति शुद्धीकरण मुद्दा

यसलाई माल्दिभ्सकै इतिहासमा सर्वाधिक ठूलो भ्रष्टाचार काण्ड मानिएको छ । यो अभियोग प्रमाणित भएमा १५ वर्षसम्मको जेल सजाय हुन सक्ने महान्यायाधिवक्ता कार्यालयका प्रवक्ताले जनाएका छन् ।


गत वर्षको राष्ट्रपति निर्वाचनमा पराजित ५९ वर्षीय यामिनले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् । उनको कार्यकालमा भाडामा दिइएको टापुबाट माल्दिभ्स पर्यटन बोर्डमा प्राप्त ७ करोड ९० लाख डलर व्यक्तिगत खातामा राखेको र राजनीतिज्ञलाई घूस दिन प्रयोग गरेको आरोप लगाइएको छ । उक्त रकम २०१५ को अक्टोबरमा यामिनको माल्दिभ्स इस्लामिक बैंकस्थित व्यक्तिगत खातामा जम्मा गरिएको छ ।


पूर्वराष्ट्रपति यामिनमाथि सम्पत्ति शुद्धीकरणको अर्को पनि मुद्दा छ । २०१८ को सेप्टेम्बरमा भएको राष्ट्रपति निर्वाचनको एक दिनअघि उनले १५ लाख डलर प्राप्त गरेका थिए । गत डिसेम्बरमा उनको बैंक खाता रोक्का गर्नुका साथै ६० लाख अमेरिकी डलर कब्जामा लिइएको थियो ।

प्रकाशित : फाल्गुन २, २०७५ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?