कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बाँध भत्किँदा ज्यान गुमाउनेको सङ्ख्या १६६ पुग्यो

–रासस/सिन्हवा

रियो डे जानेरो — ब्राजिलको दक्षिणपूर्वी राज्य मिनास गेराइजमा गत जनवरी २५ मा बाँध भत्किदाँ बेपत्ता भएका व्यक्तिका थप शवहरु फेला परेपछि ज्यान गुमाउनेको सङ्ख्या १६६ पुगेको छ ।

बाँध भत्किँदा ज्यान गुमाउनेको सङ्ख्या १६६ पुग्यो

अझै पनि उक्त दुर्घटनामा परेका १५५ व्यक्ति बेपत्ता रहेका नागरिक प्रतिरक्षा विभागले बुधबार जानकारी दिएको छ । शुरुमा करिब ३०० व्यक्ति हराइरहेका जानकारी गराइएको थियो ।


बेपत्ता भएका व्यक्तिका शव फेला पर्दै गएपछि सो सङ्ख्या १६६ पुगेको र अझै पनि १५५ बेपत्ता रहेका स्थानीय अधिकारीले जानकारी दिएका छन् । यस घटनामा परी मारिएका मध्ये १६० जनाको परिचय खुलेको बताइएको छ ।


शुरुमा यस घटनामा फसेका करिब १९२ जनालाई जीवितै उद्धार गरिएको मिनास गेरेइज राज्यमा नागरिक प्रतिरक्षा विभागमा प्रवक्ता फभिओ गडइनडोले बताउनुभएको थियो । बाँध भत्किएका कारण प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा यस शहरका हजारौको सङ्ख्यामा सर्वसाधारण प्रभावित भएका थिए ।


बाँध भत्किएको यस इलाकामा ३२७ अग्नीनियन्त्रक र उद्धारकर्ताले ४३ ओटा भीषण मेशिनको प्रयोग गर्दै अझै पनि लगातार उद्धारकार्यमा जारी राखेका बताइएको छ ।


उद्धार प्रयास निरन्तर भइरहेको भएता पनि घटनामा परेका व्यक्ति जीवितै उद्धार गर्ने आशा झिनो बन्दै गएको मिनासका गभर्नर रोमेउ जेमाले सञ्चारकर्मीलाई बताउनुभएको छ । यहाँको एक ठूलो बाँध फुटेर एक्कासी शहर र नजिकैको बस्ती, सडक, तरकारी तथा अन्य बालीमा पसेको थियो ।

प्रकाशित : फाल्गुन २, २०७५ १५:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?