कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कश्मीरमा विद्रोही आक्रमण, ४० सुरक्षाकर्मी मारिए 

एएफपी

नयाँदिल्ली — भारत प्रशासित कश्मीरमा सरकारी सुरक्षा फौजलाई लक्षित गरी विद्राहीहरूले बिहीबार गरेको आक्रमणमा कम्तीमा ४० सुरक्षाकर्मीको ज्यान गएको छ । 

कश्मीरमा विद्रोही आक्रमण, ४० सुरक्षाकर्मी मारिए 

कश्मीरको प्रमुख सहर श्रीनगरबाट करिब २० किलोमिटर टाढा पुलवामा जिल्लास्थित राजमार्गमा गुडिरहेका सैनिक गाडीहरूलाई लक्षित गरी आक्रमण गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

विशेष प्रहरी अधिकारी मुनिर अहमद खानका अनुसार विद्रोहीहरूले गाडीमा राखिएको विस्फोटक पदार्थ रिमोट कन्ट्रोलमार्फत विस्फोट गराएका हुन् । आक्रमणमा परी दर्जनौं अर्धसैनिक बलका सदस्य घाइते छन् । खानले घाइतेलाई तत्काल उपचारका लागि अस्पताल पठाइएको बताए ।


आक्रमणको आतंककारी समूह जैस–ए–मोहम्मदले जिम्मा लिएको छ । समूहका प्रवक्ताले घटनाको पुष्टि गर्दै ‘वाकास कमान्डो भनिने आदिल अहमदले आक्रमण गराएको’ उल्लेख गरेका छन् ।


भारतीय सुरक्षाकर्मीमाथि केही वर्षयता भएको यो ठूलो आक्रमण हो । भारतको कश्मीरमा करिब ५ लाख सैनिक कार्यरत छन् । सन् १९४७ मा भारत र पाकिस्तान स्वतन्त्र भएयता दुई देशबीच सीमा विवाद जारी छ । जसका कारण सीमाक्षेत्र सधैंजसो तनावग्रस्त रहने गरेको छ ।

प्रकाशित : फाल्गुन २, २०७५ २०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?