१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

द्रुतगतिको रेल दोस्रो दिनमै बिग्रियो

एजेन्सी

नयाँदिल्ली — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको दोस्रो दिनमै भारतको उच्च गतिको रेल बिग्रेको छ । वाराणासीदेखि नयाँदिल्लीका लागि छुटेको ‘बन्दे भारत एक्सप्रेस’ रेलको पछाडिका डिब्बामा ब्रेक जाम भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ब्रेकमा समस्या आएपछि रेल दिल्लीबाट २ सय किलोमिटर टाढा रोकिएको हो । 

द्रुतगतिको रेल दोस्रो दिनमै बिग्रियो

ब्रेक जाम भएर रोकिएपछि रेलका पछिल्ला डिब्बाबाट धूवाँसमेत आएको थियो । त्यसलगत्तै रेलका सबै डिब्बामा बत्ती बन्द भएका थिए । रेलवे प्रवक्ताले रेलमार्गमा पसेको चौपायाका कारण रेलको ब्रेकमा समस्या भएको दाबी गरे । उक्त समय रेल १८० किलोमिटर प्रतिघण्टामा गुडिरहेको थियो ।


भारतीय सञ्चारमाध्यमले रेलको ब्रेकमा देखिएको समस्या मर्मत भएपछि सामान्य गतिमा दिल्लीतर्फ हिँडेको जनाएका छन् । रेलले आइतबारदेखि व्यावसायिक रूपमा सेवा सुरु गर्ने जनाइएको थियो । अधिकारीहरूले आइतबार दिल्लीदेखि वाराणसीका लागि सबै सिटको टिकट बिक्री भइसकेको जनाएका छन् ।


रेलको शुक्रबार नयाँदिल्लीमा भारतीय प्रधानमन्त्री मोदीले उद्घाटन गरेका थिए । द्रुत गतिको रेल सञ्चालनपछि नयाँदिल्लीदेखि वाराणसीको दूरी ६ घण्टाबाट घट्ने जनाइएको छ ।

प्रकाशित : फाल्गुन ५, २०७५ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?