नोबेल शान्तिका लागि जापानद्वारा ट्रम्प सिफारिस

एएफपी

टोकियो — जापानी प्रधानमन्त्री सिन्जो अबेले सन् २०१८ को नोबेल शान्ति पुरस्कारका लागि अमेरिकी राष्ट्रपतिलाई सिफारिस गरेका छन् । जापानी सञ्चारमाध्यमका अनुसार अमेरिकाको अनुरोधमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सिफारिस गरिएको हो । 

नोबेल शान्तिका लागि जापानद्वारा ट्रम्प सिफारिस

समाचार संस्था रोयटर्सले जनाएअनुसार ट्रम्पलाई कोरियाली द्वीपमा शान्ति स्थापनाका लागि गरेको महत्त्वपूर्ण प्रयासका लागि ट्रम्पलाई पुरस्कारका लागि सिफारिस गरिएको हो । गत वर्षको जुनमा ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–उनसँग शिखर बैठक गरेका थिए ।


अमेरिकी राष्ट्रपति ट्रम्पले शनिबार जापानी प्रधानमन्त्री अबेले आफ्नो नाम नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरेको बताएपछि समाचार सार्वजनिक भएको हो ।

अबेले नोबेल शान्ति पुरस्कार समितिलाई पठाएको ५ पेज लामो पत्रको प्रतिलिपि आफूलाई पठाएको ट्रम्पले जनाएका छन् । पत्रमा जापानी नेताले वासिङटन र प्योङयाङबीचको तनाव शान्त बनाउन खेलेको योगदानको प्रशंसासमेत गरेका छन् ।


जापानी नेताले पत्रमा ‘मैले तपाईंलाई नोबेल शान्ति पुरस्कार दिनका लागि अनुरोध गरेको छु भनी भनेको र आफूले अबेलाई धन्यवाद दिएको’ ट्रम्पले सञ्चारकर्मीसँग बताएका थिए । यद्यपि, यसबारे हवाइटहाउसले कुनै प्रतिक्रिया नदिएको रोयटर्सले उल्लेख गरेको छ ।

प्रकाशित : फाल्गुन ५, २०७५ २०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?