कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेयरमा उम्मेदवारी दिन सभामुखबाट राजीनामा

सिन्ह्वा

अङ्कारा — टर्कीका सभामुख बिनाली यील्डीरीमले सोमबार आफ्नो पदबाट राजीनामा दिएका छन् । राजधानी इस्तानबुल नगरको मेयरका लागि निर्वाचनमा प्रतिस्पर्धा गर्न उनले राजीनामा दिएको संसद्को आधिकारिक वेबसाइटमा उल्लेख गरिएको छ । 

मेयरमा उम्मेदवारी दिन सभामुखबाट राजीनामा

“मैले पछिल्लो सात महिना प्रसन्नतापूर्वक काम गरेँ, सांसदहरूसँग सहकार्य गर्ने मौका पाएँ,” सांसदहरूद्वारा आयोजित बिदाइ कार्यक्रममा उनले भने । उनले थपे, “विभिन्न क्षेत्रका हाम्रा जनताको चाहनानुसार काम गर्न निर्वाचित सांसदहरूलाई मिलाउने र सहमत गराउने प्रयास मैले गरेँ ।”


सभामुखबाट राजीनामा दिएका बिनालीले सत्तारुढ दल न्याय र विकास पार्टी (एकेपी)को तर्फबाट इस्तानबुल नगरको मेयरका लागि उम्मेदवारी दिने तयारी गरेका छन् ।


उनले राजीनामा दिएपछि सभामुखका लागि फेरि निर्वाचन गर्नुपर्ने भएको छ । सम्भवतः यही फेब्रुअरी २४ वा २५ तारिखका दिन सभामुखको निर्वाचन हुने अनुमान गरिएको छ ।

प्रकाशित : फाल्गुन ८, २०७५ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?