मेयरमा उम्मेदवारी दिन सभामुखबाट राजीनामा
अङ्कारा — टर्कीका सभामुख बिनाली यील्डीरीमले सोमबार आफ्नो पदबाट राजीनामा दिएका छन् । राजधानी इस्तानबुल नगरको मेयरका लागि निर्वाचनमा प्रतिस्पर्धा गर्न उनले राजीनामा दिएको संसद्को आधिकारिक वेबसाइटमा उल्लेख गरिएको छ ।
“मैले पछिल्लो सात महिना प्रसन्नतापूर्वक काम गरेँ, सांसदहरूसँग सहकार्य गर्ने मौका पाएँ,” सांसदहरूद्वारा आयोजित बिदाइ कार्यक्रममा उनले भने । उनले थपे, “विभिन्न क्षेत्रका हाम्रा जनताको चाहनानुसार काम गर्न निर्वाचित सांसदहरूलाई मिलाउने र सहमत गराउने प्रयास मैले गरेँ ।”
सभामुखबाट राजीनामा दिएका बिनालीले सत्तारुढ दल न्याय र विकास पार्टी (एकेपी)को तर्फबाट इस्तानबुल नगरको मेयरका लागि उम्मेदवारी दिने तयारी गरेका छन् ।
उनले राजीनामा दिएपछि सभामुखका लागि फेरि निर्वाचन गर्नुपर्ने भएको छ । सम्भवतः यही फेब्रुअरी २४ वा २५ तारिखका दिन सभामुखको निर्वाचन हुने अनुमान गरिएको छ ।
प्रकाशित : फाल्गुन ८, २०७५ १२:३०