३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

विमानस्थल नजिक ड्रोन उडाउन निषेध

एएफपी

लन्डन — बेलायती विमानस्थल वरिपरिको ५ किलोमिटरको क्षेत्रमा मानवविहीन यन्त्र (ड्रोन) उडाउन निषेध गरिएको छ । अघिल्लो महिना बेलायतका अतिव्यस्त हिथ्रो र ग्याटविक विमानस्थल नजिक ड्रोन उडाइएपछि हवाई सेवा नराम्रोसँग प्रभावित भएको थियो । 

विमानस्थल नजिक ड्रोन उडाउन निषेध

‘ड्रोनको दुरुपयोगबाट बेलायती हवाई मैदानलाई सुरक्षित गर्न निषेध क्षेत्रलाई बढाउनु परेको हो र यो नियम मार्च १३ बाट लागू हुनेछ,’ यातायात मन्त्रालयको विज्ञप्तिमा भनिएको छ । मन्त्रालयले विद्युतीय सामग्री बेचबिखन गर्ने जेसोप्सलाई ड्रोन बिक्रीका बारेमा जनचेतनामूलक कार्य गर्न पनि आग्रह गरेको छ ।


मन्त्रालयले कुत्सित मनसाय राखी ड्रोन प्रयोग गर्नेविरुद्ध कारबाही र पक्राउ गर्न प्रहरीलाई अख्तियारी दिनेगरी कानुन निर्माण गर्न लागेको बताएको छ । साथै, प्रहरीले ड्रोनबाट संकलन गर्ने विद्युतीय विवरण नियन्त्रणमा लिन पाउने उक्त विधेयकमा व्यवस्था गरिएको छ । क्रिसमसका अवसरमा ग्याटविक विमानस्थलमा ड्रोन देखिएपछि हजारौं यात्रु तीन दिनसम्म अलपत्र परेका थिए । गत महिना पनि हिथ्रो विमानस्थलबाट उड्ने विमान एक घण्टाका लागि अवरुद्ध भएका थिए ।

प्रकाशित : फाल्गुन ८, २०७५ २१:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?