बंगलादेशको चोकबजारमा भिषण आगलागी, हालसम्म ६९ जनाको मृत्यु
काठमाडौँ — बंगलादेशको राजधानी ढाकास्थित एतिहासिक नगर चोकबजारमा भिषण आगलागी हुँदा हालसम्म ६९ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
बुधबार राति एक बहुतल्ले भवनबाट सुरु भएको आगलागी पुरै बस्तीमा फैलिएको थियो । उक्त भवनको एउटा तलामा अति प्रज्वलनशिल पदार्थको भण्डारण रहेको र त्यसैको कारण निजकैको भवनहरुमा पनि आगोले टिपेको प्रहरीको अनुमान छ ।
बिहीबार बिहान बल्ल आगो नियन्त्रणमा आएको थियो ।
चोकबजार भनेको दिल्लीको चाँदनी चोक वा काठमाडौंको असनको बस्ती जस्तै छ । त्यसैले पनि आगो नियन्त्रण गर्न कठिन भएको हो । आगलागीको समयमा उक्त चोकमा ट्राफिक जाम भइरहेकोले पनि हताहत हुनेको संख्या धेरै भएको बताइएको छ ।
प्रकाशित : फाल्गुन ९, २०७५ १०:२९प्रतिक्रिया