१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

विषाक्त मदिरा सेवन गर्दा भारतमा २५ चिया मजदुरको मृत्यु

एएफपी

गुवाहाटी,भारत — भारतमा विषाक्त मदिरा सेवन गरेकाले १५ महिला सहित २५ जनाको मृत्यु भएको छ । देशको उत्तरपूर्वी राज्य असाममा पर्ने ठाउँमा भएको घटनामा मदिरा सेवनकर्ताहरुको सेवन गरेको केहीबेरमै निधन भएको प्रहरी अधिकारीहरूले जनाएका छन् । 

भारतको उत्तर प्रदेश र उत्तराखण्डमा गत दुई हप्ताभित्रमा विषाक्त मदिराका कारण झन्डै एक सय जनाको मृत्यु भएको छ । पछिल्लो घटनामा परी मृत्यु भएका मध्ये अधिकांश मजदुर रहेको जनाइएको छ ।


“मदिरा सेवन गरी बिरामी परेका गाउँलेलाई बचाउने हाम्रो प्रयास सफल हुन सकेन,” बिरामीको उपचारमा संलग्न जोर्हात मेडिकल कलेज अस्पतालका वरिष्ठ चिकित्सक गणेश बोहराले बताए । “उनीहरूको मदिरा सेवन गरेको केही घण्टाभित्रै मृत्यु भएको छ ।”


बिहीबार राति स्थानीय मदिरा व्यापारीसँग घरेलु मदिरा खरिद गरी ल्याएका र राति नै खाएका तथा मदिरा सेवन गरेको केही समयमा नै उनीहरू बिरामी परेका स्थानीयले आफूलाई बताएका गोलघाट जिल्लाका वरिष्ठ अधिकारी धिरज दासले बताए ।

प्रकाशित : फाल्गुन ११, २०७५ १३:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?