कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

पार्किङमा राखिएका ३ सय कार जले

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतको बैङलुरुमा 'एरो इन्डिया शो' को पार्किङमा शनिबार आगलागी हुँदा ३ सयवटा कार जलेर नष्ट भएको छ । 'शो' हेर्नका लागि आएकाहरुले पार्किङ गरेको ठाउँमा अचानक आगलागी भएको थियो ।

पार्किङमा राखिएका ३ सय कार जले

एलंगा हवाइ अड्डा नजिकै खुल्ला पार्किङ स्थलमा आगलागी भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । आगलागीका कारण खुल्न सकिरहेको छैन ।

आगलागीका कारण 'शो' प्रभावित भएको छ । आगो नियन्त्रणका लागि अग्नी नियन्त्रकहरुलाई परिचालन गरिएको थियो ।


आगलागीबाट कुनै पनि विमानमा क्षति नभएको बताइएको छ । आग्नि नियन्त्रक कार्यालयका डीजीपी एमएन रेड्डीले ३ सय वटा कार जलेको ट्विट गर्दै जानकारी दिएका छन् । आगो पूर्ण रुपमा नियन्त्रणमा आएको छ ।

प्रकाशित : फाल्गुन ११, २०७५ १६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?